Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमालेले ममाथि शंका गर्‍यो : प्रधानमन्त्री

\"Pm-400\"१८ साउन, काठमाडाैं । प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार दल एमालेले आफूमाथि शंका गरेको आरोप लगाएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ कोइरालाले आइतबार उद्यमी–व्यवसायीसँगको भेटमा संविधान जारी भएपछि आफू राजीनामा गर्न तयार भए पनि एमालेले शंका गरेको बताएका हुन् ।
‘संविधान आओस् म छोडिदिन्छु । यसमा शंकै नगर्नूस् । तर, यसका लागि एउटा डेमोक्रेटिक संविधान आउनुपर्‍यो, जस्तो–तस्तो होइन,’ एमालेले आफूलाई अनावश्यक शंका गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने । उनले संघीयतामा प्रदेशको सीमा टुंग्याएर मात्र संविधान जारी गर्नुपर्ने पनि बताए । ‘संघीयताको रेखांकन गरेर जानुपर्छ,’ उनले भने, ‘त्यसपछि समाजमा हार्मोनी आउँछ ।’
संविधानमा बहुलवाद राख्नुपर्ने पनि कोइरालाले बताएका छन् । ‘फरक–फरक पार्टीका आ–आफ्नै आस्था र विश्वास छन्, मागहरू छन्, आकांक्षाहरू छन् । सबै दल डेमोक्रेटिक अम्रेलामा आएपछि त्यसका मूल्य–मान्यतालाई पालना गर्नुपर्छ,’ कोइरालाले भने, ‘त्यसैले मैले बहुलवादको कुरा उठाएँ । बहुलवाद त डेमोक्रेसीको इसेन्स हो ।’
कोइरालाले संविधान निर्माणमा सबैलाई समेटेर लैजाने प्रयास भएको बताए । उनले भने, ‘सबैलाई लिएर जाऔँ, एक भएर जाऔँ, उन्नतिको मार्गमा जाऔँ भनेर हरेक पार्टी र नेताहरूसँग कुरा भएको छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सको प्रतिनिधिमण्डल नयाँ संविधानमा समेट्नुपर्ने आर्थिक विकासका विषयबारे सुझाबसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो । प्रतिनिधिमण्डलले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित समाजवादले आर्थिक विकासको क्षेत्रमा लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई तर्साएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । ऐनमा व्यवस्थित गर्नुपर्ने श्रमिकका हक–अधिकारका कुरा संविधानमा व्यवस्थित गर्नाले उद्योगी–व्यवसायीको पुँजी मात्र नभएर आफैँ पलायन हुनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले मजदुरलाई अनुशासनमा राख्न नसक्दा उद्यमीले दु:ख पाएको बताए । उनले भने,
‘उनीहरूलाई पनि सिकाउनुपर्‍यो । मजदुरहरूले काम पाउनका लागि मालिकले लगानी गर्ने र कलकारखाना चल्ने अवस्था त कायम हुनुपर्‍यो नि । फेरि कलकारखाना चलाउन मजदुर पनि चाहिन्छ ।’ अधिकारका नाममा हुने तोडफोड, बन्द, हडतालले मजदुरहरू नै बेरोजगार बन्न सक्ने भएकाले उनीहरूलाई सम्झाउन कोइरालाले आग्रह गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार विभिन्न संघसंस्थाले संविधानमा सुझाबसहित ज्ञापनपत्र बुझाएका छन् । आइतबार बिहान थारू कल्याणकारी सभा, नेपाल ब्राह्मण समाज र नेपाल मुस्लिम संघले संविधानमा समेट्नुपर्ने आ–आफ्ना हक–हितका विषयबारे सुझाब दिएका छन् । प्रधानमन्त्री कोइरालाले नयाँ संविधान सबै जातजाति, आदिवासी, महिला, दलित, मुस्लिम, थारू, अल्पसंख्यक, सीमान्तकृत, ब्राह्मण, क्षेत्री सबैका हक–हितमा हुने, सबैको भेषभुषा, भाषा, संस्कृति र प्रचलित धर्मको सुरक्षा हुने आश्वासन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending