Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

खबरडबली संवाददाता
सप्तरी ।  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । यसबाट हरेक दिन २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न गर्न सकिने छ । अस्पतालमा रहेको १५ शय्याको आइसियू र एनआइसियू कक्ष सञ्चालन गर्न सहज भएको छ । 
 
साथै अस्पतालले यसको विकल्पमा ‘लिक्विड प्लाण्ट’ सञ्चालनको तयारी समेत थालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले अक्सिजन प्लान्टको परीक्षण सफल भएको जानकारी दिए । उनले भने “आइसियू र एनआइसियू कक्ष सञ्चालनमा सहज भएको छ । ” 
 
गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो । अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो । अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ । 
 
यसअघि राजविराजबाट ५० किलोमिटरमा रहेको इटहरीमा अक्सिजन भर्ने गरिएको थियो । प्लान्ट सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीलाई थप सेवा पाउन सहज हुने राजविराजका नवीनकुमार झाले बताए ।
 
सेवा नियमित र व्यवस्थित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालमा दक्ष जनशक्तिको पूर्ति गर्न आवश्यक देखिएको छ । अस्पतालमा जडान भएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावकै कारण बन्द रहने गर्छ । अस्पतालका बिरामी कुरुवा भन्दछन् ,“भेन्टिलेटर जडान भयो, अक्सिजन प्लान्ट बन्यो,  जनशक्ति छैन ।” 
 
दक्ष जनशक्तिको अभावमा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायम रहेको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिए । भेन्टिलेटर सञ्चालनका  लागि अस्पतालमा ‘क्रिटिकल केयर फिजिसियन’ ‘एनेस्थेसियोलोजिष्ट’, अहेव र नर्सको आवश्यकता रहेको जनाइएको छ ।
 
जनशक्ति व्यवस्थापन भएमा जडान गरिएको अक्सिजनसहितका उपकरण प्रयोग गर्न पाएर लाभान्वित हुने स्थानीयवासीको अपेक्षा  छ । अक्सिजन प्लान्टको स्थापनाले जिल्लावासी खुसी छन् । कोभिड–१९ को सङ्क्रमणका बेला अक्सिजन अभावका कारण सङ्क्रमित अक्सिजनसहितको अस्पताल र शय्याका लागि भौतारिनुपर्ने अवस्था थियो । अक्सिजनकै लागि छट्पटिनुपर्ने अवस्था अन्त्य भएको अस्पतालले समेत जनाएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending