Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

कर्णालीका नौ जिल्लामा लगाइँदै खोप

खबरडबली संवाददाता

खलङ्गा । जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए छन् । 

उनले भने, “चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ पुसदेखि १० सम्म मोर्डना खोप लगाउन थालिएको छ ।” १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने तयारी भइरहेको कार्यालय प्रमुख सापकोटाले बताए । नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोर्डना खोप लगाउने लक्ष्य छ । शुक्रबारसम्म एक हजार ९३५ जना बालबालिकालाई मोर्डना खोप लगाइसकिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख  क्षेत्रबहादुर महतले बताए । 

सुर्खेत बाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार मोर्डना खोपको पहिलो मात्रा शनिबारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी दुई देखि १० माघसम्म लगाइने बताए । 
 
साविकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रतिवडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको निर्देशनालयका सूचना अधिकारी केसीले बताउनुभयो । स्वास्थ्य कर्मचारी, शिक्षक, शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ । 

विद्यालय नजाने बालबालिकालाई पनि नजिकैको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घन्टाभित्र लगाइ सक्नुपर्ने छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको निर्देशनालयका सूचना अधिकारी केसीले बताउनुभयो ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy