Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

५ महिनामा ५१ हजारले भ्रमण गरे चितवन राष्ट्रिय निकुञ्ज

खबरडबली संवाददाता
चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् । 
 
यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताए । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन् । 
 
त्यसैगरी निकुञ्ज घुम्ने पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म रु एक करोड २९ लाख ९५ हजार १५० राजस्व सङ्कलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन गरेको भन्दै सूचना अधिकारी तिवारीले मङ्सिरमा मात्रै रु ५४ लाख १२ राजस्व सङ्कलन भएको जानकारी दिए । 
 
उनका अनुसार कात्तिकमा रु ५१ लाख १४ हजार ८५०, असोजमा रु १५ लाख दुई हजार ७००, भदौमा रु छ लाख ११ हजार २५०, साउनमा रु तीन लाख ५४ हजार ३५० राजस्व सङ्कलन भएको छ । 
 
निकुञ्जले यहाँ घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले चालू आव २०७८/७९ मा विभिन्न शीर्षकमा रु दुई करोड ४१ लाख १५ हजार ८१८ राजस्व सङ्कलन गरेको तिवारीले बताए । उनका अनुसार गैरकाष्ठ वन पैदावार बिक्री वितरणबाट रु १९ लाख ४२ हजार १३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट रु एक करोड ९० लाख १४ हजार ५५०, दण्ड जरिवानाबाट रु २० लाख ४७ हजार ६१० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा रु ११ लाख ११ हजार ५२५ राजस्व सङ्कलन भएको छ । 
 
विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक विस्तारै बढ्ने क्रममा थियो । दुई वर्ष अघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए भने अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy