Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

खबरडबली संवाददाता

रुपन्देही । नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । लुम्बिनीमा आज सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा उनले पार्टीलाई उचाइमा पुर्‍याउन र जनमत हासिल गर्न जनवर्गीय सङ्गठनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे  । 

पार्टी बलियो बनाउन एमालेले जनवर्गीय सङ्गठनको अवधारणा ल्याएको उल्लेख गर्दै उपमहासचिव गुरुङले नेतृत्वले सङ्गठनको सही व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए  । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उनले साङ्गठनिक अराजकताले पार्टी कमजोर हुने भएकाले यसतर्फ सचेत रहन आग्रह गरे । पार्टीले लिएको राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको लक्ष्य पूरा गर्न  यससँग जोडिएका जनवर्गीय सङ्गठन पनि सोहीअनुसार अघि बढ्नुपर्ने उनको  भनाइ थियो । “नीति सही हुँदाहुँदै पनि नेतृत्व सही भएन भने सङ्गठन सफल हँुदैन । नीति कार्यान्वयन गर्न दृढ सङ्कल्प भएको सक्षम नेतृत्व चाहिन्छ”, नेता गुरुङले भने । 

एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले जनताको हृृदयमा पार्टीलाई स्थापित गर्ने काममा जनवर्गीय सङ्गठनको भूमिका हुनुपर्ने बताए  । राम्रा कामको प्रचार गरेर तीनै तहको निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न जनवर्गीय सङ्गठनको भूमिका प्रमुख रहने उनले उल्लेख गरे । एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले विगतका कमिजोरीबाट पाठ सिकेर सङ्गठनलाई एकताबद्ध बनाइ अघि बढ्न सुझाव दिए ।  ।

पार्टीका पोलिटब्युरो सदस्य एवम राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईले राम्रा कामको प्रचारप्रचारमा कन्जुस्याइँ नगर्न आग्रह गरे । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई बलियो बनाउन सबैको एकता र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए । बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending