Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

स्थानीयवासीको अवरोधका कारण विद्युत् प्रसारण लाइन विस्तारमा समस्या

खबरडबली संवाददाता

चितवन । स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेशनको लाइन विस्तार हुनसकेको छैन । 

विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण काम गर्न नसकिएको हो । पूर्वी चितवन १३२ केभि सबस्टेशन आयोजना राप्ती नगरपालिका–६ हर्दी भण्डाराका प्रशासन प्रमुख सुरेश पण्डितका अनुसार सबस्टेशन निर्माणको काम सम्पन्न भई सकेर सबस्टेशनबाट चैनपुर सबस्टेशनमा लाइन विस्तारको काममा स्थानीयवासीले अवरोध गरेका हुन् । अवरोधका कारण हर्दी सबस्टेसनबाट चैनपुर सबस्टेसनसम्म डबल सर्किट सबप्रशारण लाइन बनाउने काम रोकिएको छ । 

पुरानो राजमार्गहुँदै लगिने सबप्रशारण लाइनको टावर बनाउने क्रममा स्थानीयवासीले अवरोध गरेपछि काम रोकिएको हो । हर्दीबाट खैरहनी नगरपालिकाको पुरानो राजमार्ग क्षेत्र १०, ९, ७, ६ नम्बर वडाहँुदै वडा नं २ मा रहेको चैनपुरसम्म प्रशारणलाइन लैजाने गरी सर्वे भएको थियो । करिब ८.५ किलोमिटर दूरीमा ४६ वटा विद्युत् टावर बनाएर सर्किट सबप्रशारण लाइन लैजानुपर्ने हुन्छ । जसमध्ये अहिले १४ वटामात्र टावर निर्माणको काम प्रारम्भ भएको छ ।

राप्ती नगरपालिका तर्फका १६ मध्ये १४ टावरमात्रै बनाउनका लागि जग राख्नेकाम सम्पन्न भएको छ ।  खैरहनीतर्फका ३० टावर बनाउने क्रममा स्थानीयवासीको विरोध गरेसँगै काम रोकिएको हो । खैरहनी नगरपालिकातर्फको काम सुरु गर्ने समयमा स्थानीयवासीले १७ बुँदे माग जिल्ला प्रशासन कार्यालयमा बुझाउँदै प्रशारण लाइनको रुट परिवर्तन गर्न माग गरेका छन् । 

पुरानो राजमार्ग क्षेत्रको सडक क्षेत्राधिकार एकीन नभएको, दर्जनौं बोर्डिङ स्कुल, कलेज छेउमै पर्ने, रोग तथा दुर्घटनाको जोखिम बढ्ने, दूरी लामो हुने भन्दै स्थानीयवासीले काममा रोक लगाएका हुन् । हर्दि चैनपुर हाइटेन्सन सङ्घर्ष समिति निर्माण गरी उनीहरुले आफ्नो माग राखेका हुन । सङ्घर्ष समितिका संयोजक केशव भट्टराईले सडकको जग्गामाबिना अनुमति टावर राख्न लागेको हुँदा पछि स्थानीयवासीनै खतरामा पर्ने बताए । उनले भने, “हामीले अरु केही भनेका छैनांै, सडकबाट अनुमति लिएको पत्र देखाउनुहोस् भनेका छांै ।” हाईटेन्सन लाइनको मुनि भएपछि बैंकहरुको मूल्याङ्कनमासमेत प्रभाव पर्ने भएकाले स्थानीयवासी समस्यामा परेको उनको भनाइ थियो ।

विसं २०७५ देखि पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन आयोजनाको काम सुरु भएको हो । आयोजना प्रमुख रमनराज शर्माले सबप्रशरण लाइन तान्ने बाहेका सबै काम पूरा भएको बताए । उनका अनुसार रु ५१ करोड ५१ लाखको लागतमा तयार गरिएको आयोजनाको सबप्रशारण लाइनको काम पूरा गर्न रु तीन करोड ७० लाख विनियोजन गरिएको छ । अहिले रु तीन करोड ७० लाखको काममा स्थानीयवासीले रोक लगाएका छन् ।  खैरहनी तर्फका टावरको जग राख्ने काम बाँकी रहेको भन्दै उनले भने, “घरगोठबाट तीन मिटर पर सडककै जग्गामा टावर बनाउन खोज्दासमेत स्थानीयवासीले काममा रोक लगाए ।” स्थानीयवासीले बिना छलफल काम गरेको भनेर छलफल गर्न माग राखेपछि स्थानीयवासीसँग छलफलमै रहेको उनले बताए । 

हाइ–भोल्टेजको नभइ मझौला भोल्टेजको सबप्रशारण लाइन लैजान खोजिएको उनले जानकारी दिए । सुरक्षित रुपले अग्ला टावरमा तार राखिने भएकाले हानीनोक्सानी केही नहुने उनले बताए । उनले भने, “पूर्वी चितवनमा लाईन गइरहने समस्या हल गर्नका लागि यो काम पूरा गर्न जरुरी छ ।” भरतपुरबाट ल्याइएको ३३ केभी फिडरलाई केही वर्षपछि  देवनगर–गीतानगरमा बन्ने सबस्टेसनमा पठाइने छ । त्यसपछि चैनपुर सबस्टेसनको विद्युत्को मुख्य स्रोत हर्दी सबस्टेसन नै बन्ने उनले बताए । चैनपुरबाट  करिब २१ किलोमिटर लामो दूरी भरतपुरबाट ल्याइएको एउटा मात्रै ३३ केभी फिडरमार्फत खैरहनी–२ चैनपुरमा रहेको ३३/११ केभी सबस्टेसनबाट पूर्वी चितवनमा विद्युत् प्रवाह गरिँदै आएको छ । विद्युत्को माग बढी भएकाले ओभरलोड हुने समस्याले भोल्टेज कम हुने, ट्रिप बारम्बार हुने, बेलाबखत विद्युत् अवरुद्ध हुने समस्या रहेको छ । पूर्वी चितवनमा ६५ हजार बढी ग्राहक छन् ।

चैनपुर सबस्टेसनको क्षमता वृद्धि गर्न हर्दीको सबस्टेसनले महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताए  । सो स्टेसनबाट ३३ केभीका डबल सर्किट सबप्रशारण लाइन लगेपछि चैनपुरको १५ मेघावाटबाट ४० मेघावाट क्षमतामा वृद्धि हुने छ ।  हर्दी सबस्टेसनका प्रशासन प्रमुख पण्डितले स्थानीयवासीकै सहमतिमै छिट्टै टावर बनाउने काम सुरु हुने विश्वास व्यक्त गरे  । केही भ्रम रहेको भन्दै उनले  ती भ्रम चिर्न सके अवरोध हट्ने बताए । उनले भने, “बस्तीनै जोखिममा पारेर विद्युत् लाइन लैजाने कल्पनासमेत गर्न सकिदैन, हामी यी सबै नीति मापदण्डपालना गरेरै काम गर्छौं ।” 

मुख्य सडकहुँदै सबप्रशारण लाइन लैजान ठाउँ अभाव भएकाले पुरानो राजमार्ग क्षेत्र रोजिएको उनको  भनाइ छ । मुख्य राजमार्गको दुवैतर्फ ११ केभी हाइटेन्सनलाइन रहेको भन्दै उनले  त्यस क्षेत्रमा पोल तथा टावर थप्ने अवस्था नरहेको बताए  । हर्दी सबस्टेसनमा ३० एमभिए क्षमताका दुई र १६ एमभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मर छ । अहिले यही सबस्टेसनबाट खुरखुरे, भण्डारा, लोथरलगायतका क्षेत्रमा विद्युत् सेवा उपलव्ध गराइएको छ ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले यो आयोजना पूर्वी चितवनका लागि अत्यावश्यक भएको बताउनुभयो । उनले भने, “यसले २०औँ वर्षसम्म पूर्वी चितवनलाई उज्यालो दिन्छ ।” यसको महत्वको बारेमा स्थानीयवासीलाई बुझाएर प्रशारणलाइन सम्पन्न गर्न छलफल चलिरहेको उनले भने ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy