जनकपुर । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् ।
निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो सङ्ख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । यतिखेर धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन् । गाउँ–गाउँबाट फोटो खिचाउन आउनेको सङ्ख्या ह्वातै बढेपछि प्रदेश निर्वाचन कार्यालयमा भीड बढ्दै गएको छ । ‘‘कार्यालय नखुल्दै गेटमा ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड लागिसकेको हुन्छ”, प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले भने, ‘‘दैनिकजसो सर्वसाधारणको भीड बढ्दै जाँदा काम गर्न असजिलो भइरहेको छ, तैपनि हामी मतदाता नामावली सङ्कलनको कार्य गर्दै आएका छौं ।”
कार्यालयमा तीन/चारवटा कम्प्युटरबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गर्दै आएको सूचना अधिकारी राउतको भनाइ छ । दैनिक ६०० देखि ७०० जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले जानकारी दिए । २०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड– १९ सङ्क्रमणको त्रास, विदेशबाट युवाहरु फर्किने क्रम बढ्ेको तथा स्थानीय तहको निर्वाचन नजिकिएकोलगायतका कारणले मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको सङ्ख्या बढ्ेको उनको भनाइ छ ।
यसका साथै फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन छुट भएका सर्वसाधारणलाई स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट पठाउने गरेका छन् । मतदाता नामावली नाम दत्र्ता नभए आगामी निर्वाचनमा मत खसाल्न नपाइने र आफ्नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन पठाउने गरेको प्रमुख झाको भनाइ छ ।
उनले थपिएका मतदातासँगै धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको जानकारी दिए । यसअघि धनुषामा चार लाख २५ हजार ५३ मतदाता रहेको थियो । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म दुई चरणमा धनुषाका १६ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरिएको प्रमुख झाले बताए । यस्तै अभियानका क्रममा विभिन्न पेशा व्यवसाय गरी बसेका४१३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराएकोमा उनीहरुको नामावली सम्बन्धित जिल्लामा पठाइएको सो कार्यालयले जनाएको छ ।
यसैगरी थपिएका मतदातासँगै सिरहामा चार लाख ६ हजार ९७२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । मङ्सिर १७ देखि पुस १८ गतेसम्म जिल्लाका १७ वटै पालिकामा दुई चरणमा सञ्चालन गरेको सो अभियानअन्तर्गत २२ हजार ८३६ र कार्यालयबाट ६ हजार ४४२ गरी कूल २९ हजार २७८ मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिए । गत २०७४ सालको निर्वाचनमा सिरहामा तीन लाख ३२ हजार ८९४ मतदाता रहेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: