Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मन्त्री पौडेलद्वारा विभागीय प्रमुखलाई निर्देशन : १५–१५ दिनमा कार्यसम्पादन रिर्पोट दिनुहोस्

काम हुनपर्‍यो होइन भने कारण चाहियो

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका हुन्  । 

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा निस्कीने गरी काम हुनपर्‍यो होइन भने कारण चाहियो ।’

मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिए । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उनले भने ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’

शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिए । ‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुन भएन,’ मन्त्री पौडेलले भने, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुपर्‍यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन ।’

मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियाता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए ।  ‘कमाण्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रागोल हुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस् ।’ यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउन अहिलेदेखि नै लाग्नुपर्ने उनले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: