Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

महानायक राजेश हमालले पानी चलाउन नसक्दा ......

\"Rajesh१९ साउन, काठमाडौं । ‘दलित भएकै कारण हामीले इनारबाट कहिल्यै पानी खान पाउँदैनौँ त ?’ धनगढी गाविस–३ नयनपुरकी ममता मलिक (डोम)ले नयाँ पत्रिकासँग यसो भनिरहँदा सोमबार दिउँसोको दुई बजेको थियो । उनले थपिन्,‘‘छेउमै इनार छ । तर, पानी लिन नपाएर यतिवेलासम्म खाना पकाएर खान पाएका छैनौँ ।’ सोमबार उनको घरवरपर स्थानीयको भीड लागेको थियो । त्यहाँ उपस्थित भएका अधिकांश ममता र उनका दाजु २१ वर्षीय दीपक मलिकलाई धारे हात लगाइरहेका मात्र थिएनन्, कोही कुट्न खोजिरहेका थिए । वर्षौंदेखि खानेपानीमा छुवाछुत भोग्दै आएको मलिक (डोम) परिवार पछिल्लो तीन दिनदेखि ज्यादा तनावमा छ । ‘‘साझा सवाल’ नामको एक टेलिभिजन कार्यक्रमको छायांकनको क्रममा नेपाली चलचित्रका अभिनेता राजेश हमालसँग इनारबाट पानी निकाल्न दलित समुदायका दीपक इनार पुगेपछि सुरु भएको विवाद अझै साम्य भएको छैन । सोमबार स्थानीय गैरदलितहरूले उनीमाथि हातपातको प्रयाससमेत गरेका छन् । घरनजिकै इनार भएर पनि मलिक परिवारले अहिलेसम्म आफूले पानी निकालेर खान पाएको छैन । जसका कारण उनको परिवारले दुई किलोमिटर टाढा रहेको इँटाभट्टाबाट पानी ल्याउनुपर्छ । वर्षौंदेखि जातीय विभेद खेपिरहेको मलिक परिवारको दुस्ख छायांकन गर्ने क्रममा साझा सवालका तर्फबाट अभिनेता हमाल मलिकको घर पुगेका थिए । उनीसँगै बसेर चिया खाएपछि कुराकानीका क्रममा नजिकै इनार भएर पनि पानी निकालेर खान नपाएको थाहा पाएपछि हमाल उनलाई लिएर इनारसम्म गएका थिए । तर, मलिकले इनारबाट पानी निकाल्न लाग्दा गाउँभरका महिला–पुरुषले इनारलाई घेरा हालेर मलिकलाई रोके । स्थानीयको आक्रोशका अगाडि हमालको केही जोर चलेन । पहिले पानी भरेर खान इसारा गरेका हमाल भीडको खबरदारीपछि हच्किए । स्थानीयको घेराबन्दीपछि हमालले सुरुमा एक शब्द निकाल्न सकेनन् । नयाँ पत्रिकासँग दीपकले भने, ‘आफू त वर्षौंदेखि यस्तो खेपेकाले आश्चर्य लागेन, तर राजेश सरले भीडलाई देखेर केही बोल्नै सकेनन् । दर्जनौँ चलचित्रमा नायकको भूमिका निभाएर अन्याय, अत्याचार, कुसंस्कार र छुवाछुतलाई पराजित गरेका हमालले त्यहाँ स्थानीयलाई भने सम्झाउने प्रयासमा सफलता पाएनन् । त्यसपछि स्थानीय गैरदलित रामनारायणले निकालिदिएको पानी बोकेर दीपक हमालसँग घर फर्किए । दीपकलाई इनारबाट पानी निकाल्न गैरदलितले मात्र होइनन्, नजिकै रहेका दलित समुदायका मुसहर र राम (चमार)हरूले समेत बाधा पुर्‍याउने गरेका छन् । ‘बरु स्थानीय रामनारायणले पानी भरेर दियो । पानी भर्ने विषयमा हिरो हमालसँगै केही बेर कुराकानी पनि भयो । तर, स्थानीयले मानेनन् । हामीलाई पानी भर्न नदिने उपल्लो जातका मानिस त छँदै छन्, दलितभित्रकै मुसहर र राम (चमार) हरू लागेपछि हामीले केही गर्न सकेका छैनौँ,’ सोमबार नयाँ पत्रिकासँग उनले भने, ‘गएको वैशाख ४ गते पानी भर्न मेरी आमा जाँदा पानी ल्याउन त दिएनन् नै, गालीगलोज र हप्कीदप्की खेप्नुपर्‍यो । कतिपटक प्रहरीकै अगाडि पानी लिन जाँदा पनि हामीमाथि हातपात भएको छ ।’ सोमबार साझ दीपकसँग कुराकानी गरिरहँदा वर्षौंदेखि पीडा खेपेकी उनकी ५५ वर्षीया आमा प्रमिला मलिक भकानिएर रुन थालिन् । रुँदै उनले भनिन्, ‘छोरा त आज ठूलो भयो । म ५५ वर्षकी भएँ । कति दुस्ख भोगेकी छु पानीका लागि । घरको दुवै छेउमै इनार छन् । गाउँभरिको सबैजना त्यही इनारबाट पानी खान्छन् । तर, मलाई तीन किलोमिटर परबाट पानी ल्याउनुपर्छ ।’ उनले थपिन्, ‘धेरै तिर्खा लाग्दा पानी लिन इनार गयो भने त्यहाँ रहेकाहरूले पानी भरेर मेरो भाँडोमा हालिदिन्छन् । तर, इनार छुन दिँदैनन् । पुलिस आउँदा पनि पानी भर्न दिँदैनन् । के गर्नु, टाढैबाट ल्याउँछु । पानी त खानैपर्‍यो । पानीविना त बाँच्न सकिँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending