Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

क्वाटरबाटै मन्त्रालय हाँक्छन् पूर्व मन्त्री पराजुली

\"parajuli..........-630x387\"काठमाडौं, १९ साउन । रक्सीले मात्तिएर महिलाहरुमाथि अश्लिल व्यवहार गर्दा मन्त्रीपद गुमाउन पुगेका कृषिमन्त्री हरि पराजुली कृषि विकास मन्त्रालयकै छायाँ मन्त्रीकोरुपमा काम गर्न थालेका छन् । आजको जनादेश साप्ताहिकमा खबर छ– उनको मन्त्रीपद फुस्किए पनि आफना् साढुदाई तथा गृहमन्त्री बामदेव गौतमले कृषि मन्त्रालयको जिम्मा लिएपछि पराजुली बामदेवको पीएका रुपमा मन्त्रालयका विभिन्न कमिसन तथा कामको सेटिङ्ग मिलाउने काम गर्ने गरेका छन् । उनले बामदेवको मन्त्री क्वाटरमा बसेर म नै मन्त्री हुँ भन्दै मन्त्रालयको सम्पूर्ण सेटिङ्ग मिलाउँदै आएको कृषि मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । आफूलाई मन्त्रालयको सम्पूर्ण कुराको जानकारी भएको र आपूmले क्वाटरबाटै मन्त्रालय हाँक्न सक्ने भन्दै बामदवलाईे अर्को मन्त्री नराख्न भनेका थिए । सरकारले किन्ने ठूलो रकमको मलको ठेक्कापट्टा, विभिन्न आयोजनाको कमिसन तथा मन्त्रालयअन्तगर्तका संस्थानबाट आउने कमिसनको बारेमा आफू जानिफकार रहेकोले अर्को व्यक्तिलाई तत्काल नियुक्त नगर्न उनले बामदेवलाई मनाएको आजको जनादेश साप्ताहिकमा खवर छ । गत असार १५ गते रोपाई दिवसमा रक्सीले मात्तिएर महिलाहरुमाथि अश्लिल व्यवहार गरेपछि सबैतिरबाट व्यापक विरोध भएपछि पराजुलीले राजिनामा दिएका थिए । तर उनले आफू मन्त्री हुँदा प्रयोग गरेको गाडी समेत मन्त्रालयमा नबुझाई आफै प्रयोग गर्दै आएका छन् । यति मात्र होइन उनकी श्रीमती, साली र छोराले समेत सरकारी गाडी चढ्ने गरेको मन्त्रालय स्रोतले जनाएको छ । फेसबुके र पत्रकारले आफ्नो जागिर खाएको आरोप लगाउँदै पराजुलीले आफ्नो मन्त्रीपद गुमेपछि मिडिया र पत्रकारलाई सराप्दै हिडेका थिए । हाल उनले आफूले प्रयोग गर्ने गरेको मोबाइल नम्बर समेत परिवर्तन गरेका छन् । पराजुली एमाले–कांग्रेस गठबन्धन सरकारमा सबैभन्दा भष्ट्रचारी मन्त्रीको रुपमा चिनिन्छन् । पराजुलीको अश्लिल हर्कतबाट आजित एमाले कार्यकर्ताहरु भने उनले पार्टीलाई नै बदनाम गरेको र हाल उनी बामदेवलाई सक्याउन उद्दत रहेको बताउँछन् । किसानको कोटामा आफ्नो छोरालाई इजरायल पठाएको एमाले वृतभित्र पनि निकै आलोचनाको विषय बनेको थियो । ओलीलाई अध्यक्ष बनाउन आफ्नो भूमिका अहम् रहेकोले आफूले जे भने पनि ओलीले मान्ने र आफ्नो विरुद्ध कुनै निर्णय नलिने उनले बताउँछन् । मन्त्री पदमा रहँदा उनले विभिन्न व्यक्तिहरुलाई आफ्नो पीए नियुक्त गर्ने र मोटो रकम लिएर बिदेश पठाउने गरेको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending