रुपन्देही । रुपन्देहीको भैरहवा क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि होल्डिङ सेन्टर निर्माण हुने भएको छ ।
सेन्टर निर्माणका लागि सिद्धार्थनगर नगरपालिका–२ स्थित करिब दुई बिघा जग्गा सिफारिस गरेर रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्राचार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । “हामीले जग्गा सिफारिस गरेर पत्राचार गरिसकेका छौँ, अब होल्डिङ सेन्टरको विषय टुङ्गो लागिसकेको छ”, उनले भने । प्रजिअ तिवारीले अब केही दिनबाटै होल्डिङ सेन्टर निर्माणको काम सुरु हुने उल्लेख गर्दै कामका लागि समन्वय भइरहेको बताए ।
सो सेन्टर एक हजार जना अट्ने क्षमताको हुने छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । लुम्बिनी प्रदेशमा सङ्घीय सरकार र नेपाली सेनाले रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीन स्थानमा होल्डिङ सेन्टर निर्माणको काम गर्ने निर्णय भएको थियो । बाँके र कपिलवस्तुमा होल्डिङ सेन्टर निर्माणको काम भइरहेको पनि रुपन्देहीमा जग्गा व्यवस्थापन नहुँदा होल्डिङ सेन्टरले गति लिनसकेको थिएन । होल्डिङ सेन्टरको काम कपिलवस्तुमा ८२ प्रतिशत भौतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । बाँकेको जमुनाहानाकामा एक हजार क्षमताको सेन्टर बनेको र अहिले ३०० जना राख्न सकिने बताइएको छ ।
भारतबाट स्थलमार्ग हुँदै तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई प्रवेश नाकामा होल्डिङ सेन्टर निर्माण गरी कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले सो अवधारणा ल्याएको हो । लुम्बिनी प्रदेशमा करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । नयाँ भेरियन्टपछि पाँच हजार ५२८ जना प्रदेशमा सङक्रमित भएको र पाँच हजार ३६ जना होमआइसोलेशन, ५० जना संस्थागत आइसोलेशन, ३३ जना आइसीयू र एक जना भेन्टिलेटरमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: