Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भैरहवामा कोरोना रोकथामका लागि होल्डिङ सेन्टर बन्दै

रासस

रुपन्देही । रुपन्देहीको भैरहवा क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि होल्डिङ सेन्टर निर्माण हुने भएको छ । 

सेन्टर निर्माणका लागि सिद्धार्थनगर नगरपालिका–२ स्थित करिब दुई बिघा जग्गा सिफारिस गरेर रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्राचार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए  । “हामीले जग्गा सिफारिस गरेर पत्राचार गरिसकेका छौँ, अब  होल्डिङ सेन्टरको विषय टुङ्गो लागिसकेको छ”, उनले भने । प्रजिअ तिवारीले अब केही दिनबाटै होल्डिङ सेन्टर निर्माणको काम सुरु हुने उल्लेख गर्दै कामका लागि समन्वय भइरहेको बताए ।

सो सेन्टर एक हजार जना अट्ने क्षमताको हुने छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । लुम्बिनी प्रदेशमा सङ्घीय सरकार र नेपाली सेनाले रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीन स्थानमा होल्डिङ सेन्टर निर्माणको काम गर्ने निर्णय भएको थियो । बाँके र कपिलवस्तुमा होल्डिङ सेन्टर निर्माणको काम भइरहेको पनि रुपन्देहीमा जग्गा व्यवस्थापन नहुँदा होल्डिङ सेन्टरले गति लिनसकेको थिएन । होल्डिङ सेन्टरको काम कपिलवस्तुमा ८२ प्रतिशत भौतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । बाँकेको जमुनाहानाकामा एक हजार क्षमताको सेन्टर बनेको र अहिले ३०० जना राख्न सकिने बताइएको छ ।

भारतबाट स्थलमार्ग हुँदै तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई  प्रवेश नाकामा होल्डिङ सेन्टर निर्माण गरी कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले सो अवधारणा ल्याएको हो । लुम्बिनी प्रदेशमा करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । नयाँ भेरियन्टपछि पाँच हजार ५२८ जना प्रदेशमा सङक्रमित भएको र पाँच हजार ३६ जना होमआइसोलेशन, ५० जना संस्थागत आइसोलेशन, ३३ जना आइसीयू र एक जना भेन्टिलेटरमा छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: