जाजरकोट । कोभिड–१९ सङ्क्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरेको हो ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त रु १७ लाखबाट मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । कोभिड–१९ का समयमा परिवारका सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ने प्रजिअ देवकोटको भनाइ छ ।
कोभिड–१९ बाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि, २०७८ को अनुसूची १, २ र ३ मा उल्लेख भएबमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको, कोभिड–१९ सङ्क्रमित भएको पिसीआर रिपोर्ट र एन्टिजेन रिपोर्ट सक्कल प्रति दुईमध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराएको छ ।
कोरोना सङ्क्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का वीरबहादुर सिंह, नलगाड–५ की गङ्गादेवी शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठवीर थापा, भेरी–३ की कृष्णा शाह, भेरी–१० का तुलवीर राना, भेरी–४ की लीला नेपाली, भेरी–६ की सरीदेवी खड्का, शिवालय–६ का हरिभक्त रोकायलगायत १७ जनाको ज्यान गएको थियो । कोरोना सङ्क्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिलेको बुवा गुमाएका नलगाड–४ का सुधन रावलले बताए ।
कोरोना सङ्क्रमणबाट मृत्यु भएका १७ मध्ये १४ जनाले रकम बुझिसकेको र तीन जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।
जाजरकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४४ पुग्यो
जिल्लामा कोरोनाबाट १२ जना सङ्क्रमित भएका छन् । मङ्गलबार स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनाकोे स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ पुगेको खत्रीले बताए । सङ्क्रमितको सङ्ख्या बढ्ने खत्रीको भनाइ छ । केही महिना कोरोना सङ्क्रमित शून्य रहेको जाजरकोटमा तेस्रो लहर फैलिएपछि सङ्क्रमणदर बढेको हो । दोस्रो लहरमा दुई हजार जनामा सङ्क्रमण देखिएको थियो भने १७ जनाको ज्यान गएको थियो । परीक्षण दायरा बढाउनुपर्ने जाजरकोट अस्पतालका डा औसरसिंह राठौरले बताए । मङ्गलबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ । पहिलो दिन ३५ जनाले सो खोप लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: