डोटी । पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गण टोली परिचालन भएको छ । प्रहरी टोलीले यहाँका विभिन्न नाका तथा बजार क्षेत्रमा बिनाकाम हिँडडुल गर्न, घुम्न, जम्मा हुन तथा सभा–सम्मेलन गर्न निषेध गरेको छ ।
जिल्लाभरिमा प्रहरीले तपाईँको ‘मास्क खोइ’ अभियान नै सुरु गरी मास्क वितरण गर्नुका साथै मास्क लगाउन आग्रह गरेको छ । कोरोना भाइरस यहाँका बजारदेखि गाउँघरमा समेत फैलिँदै गएपछि जिल्ला प्रशासनको निर्देशनमा यहाँका प्रहरी टोलीले बजार तथा गाउँघरमै गएर भए पनि तपाईँको ‘मास्क खोइ’ अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उक्त अभियानमा प्रजिअ विष्ट आफैँ सहभागी हुने गरेका छन् ।
यसैगरी प्रहरीले यहाँ सञ्चालन हुने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई समेत मास्क तथा स्यानिटाइजर वितरण गर्न थालेको छ । उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छाड्ने गरेको छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा सहर बजारभन्दा पनि गाउँमा सङ्क्रमित हुने बढेपछि स्थानीयवासीमा चिन्ता थपिएको शिखर नगरपालिका–१० का हरिलाल धामीले बताए । उनले भने, “गाउँमा कोरोनाबाट जोगिन कसैले पनि सुरक्षा रणनीति अपनाएको देखिँदैन, गाउँमा कोरोना फैलिए स्थिति भयावह हुने भन्दै स्थानीयवासीमा त्रास पैदा भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: