म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम गरेका हुन् ।
सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहनुभएका अध्यक्ष पुनले बताए । “पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उनले भने, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।”
गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गरेका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जीनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि रु ३० हजार सहयोग गरेर सुरु गरेको अभियानबाट रु २० लाखभन्दा बढी जुटेको छ ।
गाउँपालिकाका विद्यालयमा ‘टेलिटिचिङ’ सुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान सुरु गरेका पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्धार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेलमैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न रु ४२ हजार सहयोग गरेका छन् ।
घरापमा खानेपानी योजनालाई रु एक लाख १० हजारको पाइप खरिद गरेर उपलब्ध गराएका पुनले बजेट अभावमा अुधरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन रु एक लाख सहयोग गरेका छन् । दोसल्लेका धनबहादुर पुनको घर पुननिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गरेका छन् । कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई रु ५० हजार, हिस्तान स्वास्थ्यचौकीलाई रु ७५ हजार सहयोग गरेका छन् ।
यसै हप्ता कैलाश मावि दोबाका १५७ र टिकोट मावि हिस्तानका ७० विद्यार्थीलाई रु दुई लाख बराबरको एक–एक थान स्वीटर वितरण गरे । विभिन्न विद्यालयका उत्कृष्ट बिद्यार्थी र खेलाडीलाई पुरस्कृत गरेका पुनले जनप्रतिनिधि नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेका थिए । पहिरो, चट्याङ, आगलागीपीडितका साथै अर्थाभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्दछन् । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैँ उद्धार र राहतमा अगुवाइसमेत गरेका छन् ।
विसं २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष नौ महिना काम गरी निबृत्त हुनुभएका पुन: पर्यटकीयस्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुन् । भारतीय सेनामा रहँदा स्विमिङ र ड्राइभिङमा १० वर्ष लगातार नेशनल च्याम्पियन बन्नुभएका पुनले नवौँ र दशाँै एशियन, १९७९ को कमनवेल्थ गेम, १९८२ को वल्र्ड च्यापियनसीपमा सहभागी भएर पदक दिलाएका थिए । भारतमा खेल प्रशिक्षक भएर काम गरेका उनले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जितेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: