Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

यसरी कसे मोहन वैद्य र मधेसी दलले आन्दोलनको मार्चाबन्दी

\"Mohan-baidya-400\"२० साउन, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा मोर्चाबन्दी गर्दै आएका तराई–मधेसकेन्द्रित दलले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग मोर्चाबन्दी गर्ने भएका छन् । आजको नागरिक दैनिकमा खबर छ– संविधानको प्रारम्भिक मस्यौदाप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरेको माओवादीसँग सामूहिक छलफल गरी आन्दोलनमा सँगसँगै जान मोर्चाबन्दीको तयारी गरेका छन् । उनीहरूले मोर्चाबन्दीका लागि अवधारणा र आन्दोलनका कार्यक्रम तय गर्न सोमबार चार सदस्यीय कार्यदल गठन गरेका पनि गरेका छन् । मस्यौदाप्रति असन्तुष्ट दलबीच मोर्चाबन्दी गरेर आन्दोलनमा जाने सैद्धान्तिक सहमति जुटेको संघीय समाजवादी फोरम नेपालका परिष्ठ नेता अशोक राईले बताए । ‘संविधानको प्रारम्भिक मस्यौदा अन्तरिम संविधानभन्दा प्रतिगामी आएकाले यो खारेजी हुनुपर्छ भन्ने एक सूत्रीय मागमा एकमत पनि छौं’ राईले भने, ‘त्यसका लागि दबाबमूलक संघर्ष आवश्यक भएकाले वैद्यजी लगायतसँग मोर्चाबन्दी गरेर जान प्रारम्भिक छलफल भयो ।’ उनका अनुसार उक्त छलफलमा संविधानको मस्यौदाप्रति असन्तुष्ट संविधानसभा भित्र र बाहिरका १२ दल÷समूहको सहभागिता थियो । उपेन्द्र यादव नेतृत्वको संघीय फोरम, वैद्य नेतृत्वको माओवादी, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत १२ दलले नयाँ मोर्चाबन्दी गरेर आन्दोलन गर्ने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending