Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

आर्थिक कार्यविधि विधेयक पारित

खबरडबली संवाददाता

विराटनगर  । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गरेका थिए  । ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सो विधेयक सदनमा पेश गरेका थिए । सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले उक्त विधेयकमा तोकिएको बमोजिम र सङ्घीय कानुनबमोजिम स्पष्टरुपमा उल्लेख भएकाले यो विधेयक किन आवश्यक छ भन्दै विधेयक प्रदेशकै स्वामित्व अभिवृद्धि गर्ने किसिमको हुनुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य मोहनकुमार खड्काले शासन पद्धतिलाई कानुन र विधिबाटै व्यवस्थित बनाइने भएकाले यो विधेयक आमसञ्चारका लागि उपयुक्त भएको चर्चा गरे । उनले आठ परिच्छेद र ४५ दफा रहेको उक्त विधेयकअनुसार सञ्चारमाध्यममा वैदेशिक लगानी गर्नसक्ने प्रावधान गलत छ भन्दै अव्यवस्थित गतिविधिलाई नियन्त्रण गर्न प्रस्तावित विधेयक राम्रो छ भने ।

शून्य समय

प्रदेशसभा सदस्य राधा थापाले पाँच वर्ष अवधिका लागि छानिएका जनप्रतिनिधिको समय अवधि थोरै भएकाले विकासमा तीव्रता दिनुपर्ने बताए । उनले कोरोनाकाल, राजनीतिक अस्थिरता र बाढीजस्ता प्राकृतिक प्रकोपका कारण विकासमा निकै ढिलाइ भएकाले थोरै समयमा अधिकतम लाभ लिनसक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए ।

प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवारले मोरङको लेटाङमा कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महिला हिंसा गर्ने र बलात्कारका दोषिलाई कडा सजायको व्यवस्था हुनुपर्ने माग गरे । प्रदेशसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy