Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

राससलाई वाणिज्य बैंकको सहुलियत ऋण

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आज आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । 

‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गरे । 

वाणिज्य बैंकले आधार दरमा थप चार प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा सुविधा दिँदै आएको वाणिज्य बैंकसँग यस खालको सम्झौता गर्दै आएको छ । 

सो अवसरमा महाप्रबन्धक राईले राससका कर्मचारीको हितका लागि आफूहरुले यस खालको सम्झौता गरिएको बताए । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक श्रेष्ठले देशभर सञ्जाल भएको, विश्वसनीय एवम् भरपर्दो रासससँग सहकार्य गर्न पाउनु आफूहरुका लागि समेत गौरवको विषय भएको बताए । 

वाणिज्य बैंकले यसअघि नेपाली सेना, नेपाल प्रहरी, नेपाल वायु सेवा निगम, संघीय संसद् सचिवालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगमसँग पनि यस्तै सम्झौता गरिसकेको छ । सम्झौता भएपछि पेशाकर्मी सरल कर्जा मार्फत १५ हजार कर्मचारीले कर्जा सुविधा दिएका छन् । 

देशभर शाखा सञ्जाल भएको सरकारी स्वामित्वको वाणिज्य बैंकले २५८ शाखा कार्यालय, २४५ एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहको छ । राष्ट्रिय वाणिज्य बैंकले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक बैंकले ‘स्मार्ट क्यूआर टेलर’ प्रणाली लागू गरेको छ । सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले केही पहिलादेखि उक्त सेवा प्रदान गर्न थालेको हो । 

विसं २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंक देशका सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending