पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ ।
दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको रु आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो ।
शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गर्नुभयो । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्जना गर्ने र गुणस्तरीय चिज विदेशसम्म निर्यात गर्ने उद्देश्यसहित चिज उत्पादन केन्द्र स्थापना भएको हो । चिज उत्पादन केन्द्रको स्थापनाले पशुपालक स्थानीयवासीलाई ठूलो राहत मिल्नुका साथै पशुपालन र दूध उत्पादनमा हौसला मिल्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष घिमिरेले बताए ।
चिजका अतिरिक्त शुद्ध दूधबाट दुग्धजन्य सामग्री उत्पादन गरी याङवरक गाउँपालिकाको पहिचान बनाउन समेत सो केन्द्र सफल हुने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे । कार्यक्रममा याङवरक–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले चिज उत्पादन केन्द्रको स्थापनाले स्थानीय दूध उत्पादक किसानलाई व्यावसायिक बनाउन तथा गुणस्तरीय दूग्ध सामग्री उत्पादन गर्न मद्दत गर्ने बताए । केन्द्रको नियमित सञ्चालनका लागि सबै पक्षबाट निरन्तर सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
उत्पादन केन्द्रका लागि गतवर्ष नै दुई तले भवन निर्माण भइसकेको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरेले केन्द्रका लागि पक्की र व्यवस्थित भवन निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने बताए । चिज उत्पादन केन्द्रमा अहिले दैनिक २०० लिटरसम्म दूध सङ्कलन हुने गरेको केन्द्रका अध्यक्ष कालिन्द्र तावाले जानकारी दिए । कार्यक्रममा याङवरक गाउँपालिकाका सदस्य, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानीय राजनीतिक दल तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी लगायतकोसमेत सहभागिता थियो ।
सो अवसरमा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, खानेपानीको मुहान उपलब्ध गराउने तथा खानेपानीको प्रबन्ध गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: