भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको हो ।
कक्षा १ मा पढ्ने विद्यार्थीलाई भने कपडासमेत वितरण गरिएको हो । सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै कक्षा १ का ७० विद्यार्थीलाई कोटसँगै, कपी, कलमलगायत शैक्षिक सामग्री दिइएको हो । त्यस्तै अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा छ थान कम्प्युटर वितरण गरिएको छ । यस विद्यालयका भूपू विद्यार्थी तथा पूर्वप्रहरी महानिरीक्षक राईको पहलमा रोटरी क्लब अफ काठमाडौँ वेस्ट तथा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ प्रतिष्ठान काठमाडौँको सहयोगमा सामग्री वितरण गरिएको रोटरी क्लब काठमाण्डौ वेस्टका अध्यक्ष शारदाभक्त रञ्जीतले बताए ।
आफू जन्मेको ठाउँमा केही गरौँ भन्ने उद्देश्यले यहाँका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै कक्षा १ मा पढ्ने बालबालिकालाई कपडा वितरण गरेको राईले बताए । उनले भने, “यो विद्यालय नभएको भए म यति बेला पनि भैँसी गोठालो हुन्थे होला, यही विद्यालयमा अध्ययन गरेर म यो ठाउँमा पुगेको छु, यहाँका विद्यालयको शैक्षिक सुधारमा मैले सकेको सहयोग गरिरहेको छु, आगामी दिनमा पनि यस्तो सहयोग रहन्छ ।”
शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । अध्यक्ष राईले भने, “हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ, यहाँबाट उत्पादन भएका विद्यार्थीले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण दिने लक्ष्यका साथ काम भइरहेको छ, जसको लागि कम्प्युटर कक्षा, पुस्तकालय स्थापना, भौतिक विकासलगायतमा तीव्रताका साथ काम गरिरहेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: