Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप

खबरडबली संवाददाता

दमौली ।  तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले उत्प्रेरणा जगाउनुपर्ने अधिकारीले बताए । धेरै विद्यार्थी भएको विद्यालयमै खोप केन्द्र राखेर खोप लगाइनेछ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकैका विद्यालय वा स्वास्थ्यमार्फत् खोप लगाउने व्यवस्था मिलाइनेछ ।

 चैत २५ देखि २९ गतेसम्म पहिलो चरणमा र चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ । विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा पनि खोप लगाउन नहुने कार्यालयले जनाएको छ । 

टाइफाइड खोप लगाएपछि अन्य खोपमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हातगोडा तथा जोर्नी दुख्ने हुने भए पनि विस्तारै ठिक हुने अधिकारीले बताए । उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने टाइफाइडका मुख्य लक्षण हुन् । 

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीका अनुसार खोप टोलीमा खोप दिने स्वास्थ्यकर्मी कम्तीमा एक जना र आवश्यकता अनुसार थप गरिनेछ । प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वास्थ्य स्वयंसेविका र अनिवार्य रुपमा एक जना तोकिएको महिला शिक्षिका परिचालन हुनेछन् ।

विद्यालय बाहिर खोपकेन्द्र भएमा एक जना स्वयंसेविका र खोपकेन्द्र नरहेको नजिकैको विद्यालयबाट महिला शिक्षिका एक जनालाई स्वयंसेवक छनोट गरिने चौधरीले बताए ।

टाइफाइड ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए तापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ । टाइफाइड जस्ता पानीजन्य सङ्क्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर पिउन, खाना खानुअघि, दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि, बालबालिकालाई खाना खुवाउनु अघि साबुनपानीले हात धुन कार्यालयले अनुरोध गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending