Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेती: विद्यार्थीको आकर्षण बढ्दो

खबरडबली संवाददाता

गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगँैचा खन्दै थिए । 

एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या ।  

सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा १ देखि ९ कक्षाका विद्यार्थीले कक्षाकोठामा बसेर पढ्दै थिए भने कक्षा १० का १५ छात्रा बारीमा किबी गोड्दै थिए । उनीहरुले अतिरिक्त क्रियाकलापअन्तर्गत झन्डै तीन रोपनी क्षेत्रमा लगाइएका किबीका बिरुवा गोड्दै थिए । विद्यालयले २०६८ सालमै विद्यालयको जग्गामा परीक्षणका लागि विद्यार्थीहरुले केही सङ्ख्यामा किबीका बिरुवा लगाएका थिए । परीक्षणका लागि लगाइएको बिरुवाले राम्रो उत्पादन दिन थालेपछि क्रमश: किबी खेती विस्तार गरिएको र त्यसबाट विगत तीन वर्षदेखि व्यावसायिक रुपमा नै किबीको उत्पादन भइरहेको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्याले बताए  । 

“उत्पादन दिन थालेकै तीन वर्ष भयो, पाँच वर्षअघि किबीका बिरुवा लगाएका थियौँ, अहिले विद्यार्थीलाई फिल्ड प्राक्टिकलअन्तर्गत किबीका बिरुवामा काम लगाइन्छ, यसै अनुसार विद्यार्थीले अङ्कसमेत पाउँछन्”, उनले भने, “किबीको भाले र पोथी बिरुवा तथा यिनीहरु बीचको परागशेचनका विषयमा समेत सिकाउन सहज भएको छ, अहिले किबी काँटछाट गरेर गोडमेल गरिरहेका छौँ ।”

गत वर्ष असिनाले क्षति पुर्‍याएर जम्मा ५० केजी किबी उत्पादन भए पनि सुरुको वर्षदेखि वार्षिक १५० केजी किबी बिक्री गरिएको शिक्षक पच्याले जानकारी दिए । किबी बिक्रीबाट प्राप्त रकम विद्यालयलाई आम्दानी भइरहेको छ । कक्षा १० को ६ विषयको प्राक्टिकलको नम्बर यही किबी खेतीमा काम गरेबापत पाइने धारा मावि कक्षा १० का प्रथम छात्रा ज्योति पुनले बताए । “छ विषयको २५ नंको दरले  प्राक्टिकल यही किबी खेतीमा काम गरेअनुसार पाइन्छ”, उनले भने, “घरबाट विद्यालयमा मल बोकेर ल्याउने, गोडमेल गर्ने र काँटछाँट गर्ने कामअनुसार सरहरुले नम्बर दिनुहुन्छ, यसले म जस्ता विद्यार्थीलाई कृषि खेतीमा आकर्षणसँगै ज्ञान दिएको छ ।” 

विद्यालयमा गरेको कृषि कर्मअनुसार घरमा समेत परिवारलाई सघाउन सहयोग पुगेको विद्यार्थीको भनाइ छ । विद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि किबी खेतीमा विद्यार्थीलाई लगाइएको धारा माविका प्रधानाध्यापक कमला थापाले जानकारी दिए  । “विद्यार्थीलाई शैक्षिक गुणस्तर वृद्धिका लागि किताबी ज्ञान मात्रै नभएर व्यावहारिक ज्ञान दिनका लागि किबी खेती र विद्यालयका बगँैचालगायतमा काम गराउँदै आएका छौँ”, उनले भने, “हामीले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयलाई स्थानीयवासीकै सक्रियतामा क्रमश: नमूना विद्यालय बनाउने अभियानमा छौँ ।” 

विद्यार्थीलाई पढाइमा अब्बल बनाउनका लागि विद्यालयले बिदाको दिनमा समेत कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानध्यापक थापाले पढे लेखेकाले कलम मात्र होइन, कुटोकोदालो पनि चलाउन जान्नुपर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी तथा फलफूल आफैं उत्पादन गर्नुपर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसरभित्रै किवी खेती लगाउने गरेको बताए । उनले भने, “ग्रेड वृद्घि गर्न मात्र नभई व्यावहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरु लागि परेको छु ।”

उत्पादित किबीको बिक्रीबाट आएको पैसा विद्यालयको पुस्तकालयका लागि खर्च गरिन्छ । विद्यार्थीले किबी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ । पढाइसँगै व्यावहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको प्रधानाध्यापक थापाको भनानइ छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गर्ने बानी देखेर यहाँ अभिभावकसमेत खुशी भएका छन् । सिकेको व्यावहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन यहाँका विद्यार्थीमा आउन थालेको छ । विद्यालयको यो नमूना अभियानले अभिभावकसमेत खुशी भएको विद्यालयका प्रअ थापाले बताए । 

पछिल्लो समय सामुदायिक विद्यालयमा विभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भएपनि उत्पादन र व्यावहारिक शिक्षामा जोडिने शैक्षिक क्रियाकलापले विद्यार्थीले विद्यालयप्रति आकर्षित हुन थालेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending