Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिए: ५८१ मतदान केन्द्र

खबरडबली संवाददाता
इनरुवा । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । 
 
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए । 
 
स्थानीय तह निर्वाचन–२०७४ मा सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता रहेका थियो । गत माघ २४ गते सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो । 
 
सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा छ भने सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो । सुनसरीको १२ पालिकामध्ये धरान नगरपालिकामा स्थानीय तह निर्वाचन–२०७४ मा ७९ हजार २८२ मतदाता रहेकामा अहिले २१ हजार ४२ थपिएर कूल एक लाख ३२४ मतदाता रहेका छन्  । तीमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । धरानमा पुरुष ४७ हजार ४०८ र महिला ५२ हजार ९१६ मतदाता रहेका छन् । सुनसरी जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको पालिका यस पटक इटहरी उपमहानगरपालिका भएको छ । स्थानीय तह निर्वाचन– २०७४ मा ७७ हजार ६७७ मतदाता रहेकामा अहिले २६ हजार ९४९ मतदाता थपिएर कूल एक लाख चार हजार ६२६ मतदाता रहेका छन् । इटहरीमा पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । इटहरीमा ४९ हजार ९२५ पुरुष र ५४ हजार ७०० महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 
 
त्यस्तै इनरुवा नगरपालिकामा २०७४ सालमा ३६ हजार १४५ मतदाता रहेकामा अहिले आएर ४२ हजार ४४८ मतदाता पुगेका छन् । तीमध्ये पुरुष २२ हजार ९२ र महिला २० हजार ६५६ छन् । यसैगरी स्थानीय तह निर्वाचन– २०७४ मा दुहबी नगरपालिकामा ३० हजार ६७२ मतदाता रहेकामा अहिले ३६ हजार ७३० मतदाता पुगेका छन् । तीमध्ये पुरुष १९ हजार २०० र महिला १७ हजार ५३० छन् । बराह क्षेत्र नगरपालिकामा २०७४ मा ४७ हजार ३९८ मतदाता रहेकामा अहिले ६३ हजार ६०८ मतदाता पुगेका छन् । बराह क्षेत्रमा पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख््या बढी छ । बराह क्षेत्रमा ३१ हजार ४२९ पुरुष र ३२ हजार १७९ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 
 
कार्यालयका अनुसार स्थानीय तह निर्वाचन–२०७४ मा रामधुनी नगरपालिकामा ३० हजार ३५६ मतदाता रहेकामा अहिले ४१ हजार ४७८ पुगेका छन् । तीमध्ये २० हजार १०३ पुरुष र २१ हजार ३७४ महिला छन् । कोसी गाउँपालिकामा २०७४ सालमा २२ हजार ४३० मतदाता रहेकामा अहिले २६ हजार ४६६ मतदाता पुगेका छन् । तीमध्ये पुरुष १४ हजार ६९१ र महिला ११ हजार ७७५ छन् । गढी गाउँपालिकामा २०७४ मा १९ हजार ६४६ मतदाता रहेकामा अहिले २३ हजार ८१७ पुगेका छन् । तीमध्ये पुरुष १२ हजार ३९८ र महिला ११ हजार ४१९ छन् । त्यस्तै देवानगञ्ज गाउँपालिकामा २०७४ मा १९ हजार ५४५ मतदाता रहेकामा अहिले २३ हजार ५७८ छन् । तीमध्ये पुरुष १२ हजार ७८८ र महिला १० हजार ७९० छन् । बर्जु गाउँपालिकामा २०७४ मा १८ हजार ५६४ जना मतदाता रहेकामा अहिले ११ हजार ८८१ पुरुष र १० हजार ५८६ महिला गरी कूल २२ हजार ४६७ मतदाता रहेका छन् । 
 
भोक्राहा नरसिंह गाउँपालिकामा २०७४ मा १८ हजार ८८३ मतदाता रहेकामा अहिले २४ हजार १०१ रहेका छन् । तीमध्ये पुरुष १३ हजार ४५० र महिला १० हजार ६५१ छन् । त्यस्तै हरिनगर गाउँपालिकामा २०७४ मा २० हजार ५६१ जना मतदाता रहेकामा अहिले २४ हजार ८२२ छन् । तीमध्ये पुरुष १३ हजार ७८१ र महिला ११ हजार ४१ रहेको सो कार्यालयले जनाएको छ । 
 
जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट एक र रामधुनी नगरपालिकाबाट एक गरी दुई जना यौनिक तथा अल्पसङ्ख््यक समूहका व्यक्तिले पनि मतदान गर्ने सूचना अधिकारी मिश्रले बताए । उनका अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 
 
आसन्न स्थानीय तहको निर्वाचनमा धरानमा १०७, इटहरीमा १११, इनरुवामा ४७, दुहबीमा ४२, बराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरमा २८ गरी कूल ५८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी मिश्रले बताए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending