Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीएको प्रधानमन्त्री खानको भनाइ

खबरडबली संवाददाता

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् ।

बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको बताए । “यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,” उनले भने । 

मीर सादिक मैसूरका टिपू सुल्तानका मन्त्री थिए । सन् १७९८–९९ मा भएको चौथो एङ्लोे–मैसूर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपु सुल्तानलाई धोका दिई बेलायतको विजयका लागि बाटो खोलेका थिए । त्यस्तै मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको अधीनमा बङ्गाल सेनाको कमान्डरको रूपमा सेवा गरे र प्लासीको युद्धको दौडान उनलाई धोका दिए । यसले भारतमा ब्रिटिश शासनको लागि बाटो खोलिदियो । 

प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, “विदेशी षडयन्त्रद्वारा तपाइहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन् ।”

पाकिस्तानी विपक्षी दलहरू, जसले अहिले पाकिस्तानी संसदमा प्रधानमन्त्री खानविरूद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका छन्, ले बिदेशीको इशारामा राष्ट्रलाई बर्बाद गरेको आरोप सम्बोधनका क्रममा उलने लगाएका हुन् । 

षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोच भन्दै उलने भने, “म तपाईहरूलाई भन्न चाहन्छु कि म अन्तसम्मै लड्दैछु । मेरो राजनीतिमा आफन्तहरू छैनन्, ममा उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरु छैनन् । यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ ।” 

उहाँले विपक्षीहरूलाई लक्षित गर्दै भने, “मैले राष्ट्रलाई बर्बाद गरेको यो नाटक उहाँहरूले किन गरिरहेका छन् ? के ३.५ वर्षमा देश बर्बाद भयो त ? म तपाईंहरूलाई चुनौती दिन्छु कि ३.५ वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन । यो आइतवार मत परिणाम कस्तो आउनेछ ? देशले कुन दिशा लिनेछ ?”

“म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौं । स्वतन्त्र देशको लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन तर देश आफैे विरुद्ध पनि हो ।” 

उनले भने, विदेशी मुलुकलाई सारिनुभन्दा अघि पनि अविश्वास प्रस्तावबारे चर्चा थियो र “उनीहरु (विपक्षी) दलहरुसँग उनीहरुको सम्बन्ध थियो ।” उनले यो विरोध वर्तमान् पाकिस्तान सरकारविरुद्धभन्दा पनि इमरान खानविरुद्ध भएको दावी गरे । उनले विपक्षी नेताहरूलाई विदेशीहरूको विश्वास पात्र बढी र पाकिस्तानी नागरिक कम भएको भन्दै व्यङ्ग्य गरेका थिए । 

इमरान खान सरकारविरुद्धको अविश्वास प्रस्ताव राष्ट्रियसभामा टेबुल हुँदा उहाँसँग अहिले कूल १६१ सदस्य छन् र विपक्षमा बहुमत छ भनी विपक्षी दलहरूले दाबी गर्दै आएका छन्  । 

प्रधानमन्त्री खानविरुद्ध खुल्ला रुपमा पीटीआईका केही सहयोगीहरू खुलेकाले यसको प्रस्ताव पास हुनेमा प्रतिपक्ष विश्वस्त भएका हुन् । मुत्तहिदा काउमी मुभमेन्ट – पाकिस्तान (एमक्यूएम–पी)ले खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षीहरूसँग मिलेपछि उनको बहुमत गुमेको बताइएको छ । पाकिस्तानको संसद्को तल्लो सदनमा पाकिस्तानी सरकारले आफ्नो बहुमत गुमाएको पाकिस्तानी जियो टिभीले विपक्षी नेताहरूलाई उद्धृत गरी बिहीबार समाचार सम्प्रेषण गरेको छ । 

पाकिस्तानी राष्ट्रिय सभाको कूल क्षमता ३४२ सदस्यीय छ । बहुमतको लागि १७२ मत आवश्यक पर्छ । पीटीआई नेतृत्वको गठबन्धन १७९ सदस्यको समर्थनमा गठन भएको थियो । तर, अहिले एमक्यूएम–पीले पीटीआईसँगको गठबन्धन छोडेपछि उससँग अब १६४ सदस्यको समर्थन हुने स्पष्ट देखिएको छ भने विपक्षी दलसँग अहिले राष्ट्रिय सभामा १७७ जना समर्थक रहेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: