काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेकाछन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँदिल्ली ओर्लिएका हुन् ।
प्रधानमन्त्री देउवालाई स्वागत गर्न नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा भारतका लागि नवनियुक्त राजदूत डा.शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । होटलमै अहिले साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकरले देउवालाई शिष्टाचार भेट गर्दैछन् ।
विदेशमन्त्री एस जयशंकरसँगको बैठकपछि देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यलयको भ्रमण गर्ने तय भएको छ । त्यसपछि उनी बारखम्बा रोडस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछन्, त्यहाँ उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि भेट्नेछन् ।
शनिबार विहान महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ । यसबाहेक देउवा र मोदीबीच एक्लाएक्लै भेट्ने पनि तय भएको छ ।
देउवा वाराणसी हुँदै आइतबार नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: