काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुन: निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसत:)को लोकार्पण गरेकी छन् । काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो ।
पुन: निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ । राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुन: निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरेकी छन् ।
विसं २०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पादालाई प्रभावित पारे पनि नेपालीले दु:ख, कष्टलाई सामूहिक रुपमा मिलेर पुन: निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वासको पुन: पुष्टि भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले पछिल्ला अध्ययनबाट प्राप्त काष्ठमण्डप बारेको नयाँ तथ्यलाई आत्मसात् गर्दै नेपालभित्र रहेको ज्ञान र सीपप्रति गौरवबोध गर्नुपर्ने पनि बताइन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पुन: निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेकी थिइन् । निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय गरिएको जनाएको छ । कार्यक्रममा काष्ठमण्डप पुन: निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुन: निर्माणपछि काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए ।
महानगरको रु ३० करोड ५० लाखको लगानीमा तीन वर्ष आठ महिनाको समयमा सो पुन: निर्माण गरिएको हो । प्रमुख शाक्यले लामो समयको प्रयासपछि पुन: निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै चन्दा सङ्कलन गरेर काष्ठमण्डपको पुन: निर्माण गर्ने या कसरी गर्ने भन्ने विषयमा विवाद भएको स्थितिमा आफूहरु निर्वाचित भएपछि कार्यपालिकाबाट निर्णय गरेर बजेट विनियोजन गरेर काम सुरु गरिएको बताए ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, संस्कृतिविद् सत्यमोहन जोशी, पुरातत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाललगायतको साथ र प्रोत्साहनमा महानगरले पुन: निर्माणको काम थालेको उनको भनाइ थियो । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काष्ठमण्डपको ऐतिहासिकता र मौलिकता ख्याल गरेर पुन: निर्माण गरिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: