Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

प्रजिअको नेतृत्वमा मतदान केन्द्र निरीक्षण एवं अवलोकन

खबरडबली संवाददाता

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।

प्रजिअ शर्मा, महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख, नेपाली सेनालगायत सरोकारवाला निकायसहितको टोलीले सूर्यविनायक नगरपालिका–८ नैचालपाटी भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालय, सूनपा–९ काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्र, सोही वडाको नंखेलस्थित श्रीराम आधारभूत विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो ।

मतदान केन्द्रको निरीक्षण गर्दै प्रजिअ शर्माले भने, “निर्वाचन नजिकिएको छ, निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने हाम्रो जिम्मेवारी छ, त्यसैले पनि यहाँका निर्वाचन केन्द्र कस्ता छन्, के–के समस्या छन् कि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमैत्री छ कि छैन, मतदातालाई मतदान गर्न कसरी सजह हुन्छ, सुरक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यहाँका भौतिक अवस्था कस्तो छ भन्नेबारेमा मतदान केन्द्र र मतदानस्थलको स्थलगत अनुगमन गरेका छौँ, अन्य मतदानस्थलको पनि हामी अनुगमन गरेर सुरक्षा रणनीति तय गर्छौँ ।”

यहीँ टोलीले मध्यपुरथिमि नगरपालिकाभित्रका मतदानस्थल कृषि विकास बैंक तालिम केन्द्र, हिमालय युवा क्लब बोडे, बोडे मावि लायकु, गणेश मावि नगदेश, कुम्हालक्ष्मी पाटी नगदेशको निरीक्षण गरिसकेको प्रजिअ शर्माले जानकारी दिए । शर्मा नेतृत्वको टोलीले यसअघि पनि चाँगुनारायण नगरपालिका–८ का सरस्वती मावि थाकलमोठ, महेन्द्र मावि, सुडाल, ८ नं वडा कार्यालय, महानगरीय प्रहरी प्रभाग सुडाल र वडा नं ९ स्थित गणेश मावि ताथलीको अनुगमन गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो ।

निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा ७७ मतदानस्थलमा २१९ मतदान केन्द्र निर्धारण गरेको छ । भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, मध्यपुरथिमिमा १७ मतदानस्थल ४६ मतदान केन्द्र, सूर्यविनायकमा २३ मतदानस्थलमा ५८ मतदान केन्द्र र चाँगुनारायण नपामा २१ मतदानस्थल ५३ मतदान केन्द्र  निर्धारण गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies