Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

खबरडबली संवाददाता

बलेवा । काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगे । विद्यालयको चेमनागृहमा दिनभर लगाएर खाजा बनाएपछि गुरुङको काम बालबालिकालाई खाजाको भाग लगाइदिने हो । प्राथमिक तहका सबै विद्यार्थीले खाजा खाइसकेपछि मात्र उनी घर फर्किए ।

रेश नुन्थला माध्यमिक विद्यालयमा गुरुङका दुई छोराछोरी अध्ययनरत छन् । गुरुङमात्रै होइन, उक्त विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकको पालो हरेक दुई महिनामा आउँछ । सरकारले उपलब्ध गराएको नि:शुल्क खाजा कार्यक्रमअन्तर्गत रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो ।

विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ । “खाजा खर्च दिएर पठाउनुभन्दा यहीँ खाजा बनाएर खुवाउँदा केटाकेटी खुसी छन्, ताजा पनि हुन्छ”, गुरुङले भने, “दुई महिनामा एकपटक विद्यालय आउँदा यहाँको वातावरणबारे हामीलाई जानकारी हुन्छ, सरहरूलाई सल्लाह दिन पाइन्छ ।”

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । “उहाँहरु यहाँ आउँदा सरसल्लाह हुन्छ, आफ्ना बालबालिकाको पढाइ र विद्यालयबारे समेत थाहा पाउनुहुन्छ”, थापाले भने, “धेरै विद्यार्थी छन्, दुई महिनामा खाजा बनाउन पालो आउँछ ।” 

सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट विद्यालयले सामग्री खरिद गर्छ । विद्यालयकै चमेनागृहमा खाजा बनाउनका लागि सबै सामग्री तयार पारिएको हुन्छ । कोदोको पिठो, सुजी, चना, अण्डा, रोटीलगायत खाजा बनाएर अभिभावकले विद्यार्थीलाई खुवाउँछन् । अभिभावकको पालो भने विद्यालयले तोक्छ । 

प्राथमिक तहमा ७० विद्यार्थी अध्ययनरत छन् । “विद्यालयका सूचना पुर्‍याउन होस् वा यहाँका शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन होस्, दिनदिनै अभिभावक उपस्थित हुँदा धेरै सहज हुन्छ”, थापाले भने, “सामुदायिक विद्यालयको पढाइ र शिक्षक कर्मचारीको विषयमा अनावश्यक हुने टिकाटिप्पणीसमेत कम हुन्छन् ।” अभिभावकनै विद्यालयमा पुगेर खाजा खुवाउँदा विद्यार्थीले घरको वातावरण महसुस गर्ने गरेका उनले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies