Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाँकेमा चुनावी सरगर्मी बढ्दै

खबरडबली संवाददाता

राँझा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काम भइरहेका छन् । 

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह तथा ८१ वडा रहेका छन् । एमालेले वडास्तरमा निर्वाचन कार्यालय स्थापना गरेर अब उम्मेदवार छनोट प्रक्रियामा लागेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए  । उनले जिल्ला पदाधिकारी बैठक बसेर वडास्तरमा एकै दिन सबै वडामा सर्वसम्मत उम्मेदवार छनोटका लागि आन्तरिक पार्टी निर्देशन जारी गरिएको बताए ।

नेपाली कांग्रेसले वडास्तरमा आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पुर्‍याउने काम भइरहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । उनका अनुसार, वडास्तरबाट पार्टी संयन्त्र परिचालन भइरहेका छन् भने उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ ।

माओवादी केन्द्रले पार्टी सङ्गठनले छलफललाई तीव्रता दिएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले सङ्गठन विस्तारलाई वडा तहमा पुर्‍याएको जिल्ला संयोजक डम्मर विकले जानकारी दिए । 

राप्रपाले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । एकदुई दिनमा उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिँदै राप्रपा महामन्त्री डा धवलशम्शेर राणाले निर्वाचन अभियानमा सिङ्गो पार्टी पङ्क्ति होमिएको उल्लेख गरे ।

जनता समाजवादी पार्टी नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवार नै टुङ्गो लगाएर प्रचारमा जुटिसकेको छ । नेपालञ्ज, डुडुवा, जानकी र नरैनापुरमा उम्मेदवार टुङ्गो लागिसकेको  जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताए ।उनले अन्य बाँकी पालिकामा गठबन्धनको निर्णय आएसँगै टुङ्गो लगाउने जानकारी दिँदै जसपाले चारवटा पालिकामा आफ्नो नेतृत्व पाए मात्रै गठबन्धन गर्ने गरी केन्द्रमा सिफारिस पठाइएको उल्लेख गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies