Ntc summer Offer
Khabar Dabali २३ कार्तिक २०८१ शुक्रबार | 8th November, 2024 Fri
Investment bank

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

खबरडबली संवाददाता

सप्तरी । जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने उनकी श्रीमती दुखनीलाई शरिरमा चोटपटक लागेको थियो । घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गरिएको थियो । विराटनगरमा लिलाधरको कुमको शल्यक्रिया गरिएको थियो । 

पीडितको राजविराजस्थित अस्पतालमा २०७४ असार १५ गते घाउ परीक्षण गरिएको थियो । पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात (दलित) मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितले कुटपिट गर्दै पुजाको समानसमेत फालिदिएको पीडितले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयले आरोपितविरूद्ध ०७४ असार १४ गते जातीय छुवाछुत र कुटपिट अङ्गभङ्गमा उजुरी दर्ता गरेको थियो । आरोपित पक्राउ नपरेपछि जिल्ला अदालतले आरोपितविरूद्ध ०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गरेको थियो । पछिल्लो पटक जिल्ला अदालतले ०७६ असार २५ गते शारीरिक परीक्षणको आदेश गरेको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy