ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् । उनले भनिन्, “प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सही सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।”
जलस्रोत तथा सिँचाइ विभागलगायत जलस्रोत क्षेत्रका विभिन्न अनुसन्धान संस्थाद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले खाद्य सुरक्षा, ऊर्जा विकास तथा पारिस्थितिक प्रणालीको निरन्तरताका लागि जलस्रोतको महत्वपूर्ण भूमिका हुने विषयलाई कसैले पनि भुल्न नहुने बताइन् ।
उनले भनिन्, “जलस्रोतको उचित व्यवस्थापन गरेर आर्थिक तथा सामाजिक विकासलाई विस्तार गर्नुपर्छ ।” पानी व्यवस्थापनमा गम्भीर चुनौती देखा पर्दै गएको उल्लेख गर्दै उनले भनिन्, “बर्सातको समयमा ८० प्रतिशतभन्दा बढी पानी उपलब्ध हुन्छ, त्यसलाई सही तवरले व्यवस्थापन गर्न नसक्दा बाढीपहिराजस्ता मानवीय विपत्तिसँग जुध्न बाध्य छौँ, प्रत्येक वर्ष हाम्रो ठूलो आर्थिकस्रोत क्षति भइरहेको छ ।”
जैविक विविधता तथा जीविकोपार्जनलगायत विभिन्न क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव पर्दै गएको बताउँदै मन्त्री भुसालले खानेपानी, सिँचाइ र विद्युत् उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुने गरेको उल्लेख गरिन् । उनले भनिन्, “जलवायु परिवर्तनको असरले हिमनदी पग्लिरहेका छन् र अतिवृष्टि, अनावृष्टिजस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ ।”
मन्त्री भुसालले जलस्रोतको विकास, व्यवस्थापन र उपयोगबाट खाद्य, ऊर्जा सुरक्षा, जैविक विविधता संरक्षण, आर्थिक तथा सामाजिक विकासमा पर्ने प्रभावबारे एकीकृत अध्ययन अनुसन्धान गरेर समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औँल्याइन् । उनले जलवायु अनुकूलित सिँचाइ प्रविधिको विकासले उत्पादकत्व वृद्धि भई विद्यमान कृषि व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य बुद्धबहादुर गुरुङले पानीको सही व्यवस्थापनबाट देशको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने भएकाले सही तवरले एकीकृत सदुपयोगमा लाग्नुपर्ने बताइन् ।
त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य सालोनी प्रधान सिंहले जलस्रोतको उचित सदुपयोग गरेर आर्थिक व्यवस्थालाई सबल बनाउनुपर्नेमा जोड दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: