भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने बताए ।
उनले भने, “एउटा शिक्षक कमजोर हुँदा कक्षामा रहेका सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ, त्यसैले शिक्षक नियुक्तिमा भनसुन रोक्नुपर्छ, शिक्षक भर्ना गर्दा क्वालिटीको शिक्षक भर्ना गर्न मन्त्रालयदेखि सबैले ध्यान दिनुपर्छ ।”
विविधतामा एकता आवश्यक पर्ने भएकाले विद्यार्थीलाई कक्षादेखि नै देश भक्ति सिकाउनुपर्नेमा जोड दिँदै उनले भोट र सरकारमा मात्रै नभई जनताको दैनिक जीवनयापनमा पनि लोकतन्त्र आउनुपर्ने बताए ।
शिक्षाले वास्तवमा जीवन जिउने कला दिन्छ भन्दै उनले शिक्षाले जीवनमा वास्तविक सुख प्राप्त गर्ने बाटो खोल्ने भएकाले सिङ्गो नेपाललाई नै समृद्ध नेपाल बनाउने र देशभरका जनतालाई सुखी बनाउने आफ्नो अभियान नरोकिएको बताए ।
सूर्यविनायकमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण भइरहेको चर्चा गर्दै ओलीले भने, “यहाँको चिडियाखाना विस्तार कार्य रोकिएको छ, मैले सुरु गरेका विकासका काम विभिन्न कारण देखाउँदै रोक्न काम भइरहेको छ, तर हामी आत्तिएका छैनाँै, किनकि सबैलाई थाहा छ, रातपछि फेरि घाम लाग्छ ।”
एमाले अध्यक्ष ओलीले गठबन्धनको लछाचँुडीले विकास एक वर्ष खेर गएको आरोप लगाउँदै देशभरका सबै पालिका र सदरमुकाममा दुई वर्षभित्र जोड्ने गरी एकै पटक देशभरका २६५ सडक उद्घाटन गरे पनि अहिले यो विकास पनि रोकिएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनप्रतिनिधिको यो पाँच वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग साबित भएको बताए । सूर्यविनायकका नगरप्रमुख वासुदेव थापाले यस नगरको विकासमा सबै जनप्रतिनिधि र तीन तहकै सरकारको सहयोगले मुहार फेर्न सफल भएको बताए ।
कार्यक्रममा ८ नं वडाका वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक किरण थापाले २० कोठे दुईवटा भवन निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्न पाउनु ठूलो उपलब्धि भएको बताए । उनले भूकम्प पुन: निर्माण प्राधिकरणको कूल रु छ करोड ४७ लाखको लागतमा सुविधा सम्पन्न, अपाङ्ग मैत्री भवन निर्माण भएको बताउँदै साइन्स ल्याब, कम्प्युटर ल्याबलगायत सञ्चालनमा ल्याएको बताए । उनले यस वडामा छ विद्यालय भवन, एक नगर अस्पताल, विभिन्न सडक, पुल, खानेपानी लगायतको विकास भएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पाण्डवराज अधिकारीलाई विद्यालयको साँचो हस्तान्तरण गरिएको थियो भने भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: