Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

खबरडबली संवाददाता

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै उनले जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन् । अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा चार जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए । 

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, “निर्वाचनमा कति बेला कहाँ के हुन्छ भन्न सकिँदैन, त्यही अनुसार गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्छु ।” निर्वाचन आयोग र सङ्घ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने नेपालीले बताए । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी राना तथा मुस्ताङका नेत्रप्रसाद शर्माले जिल्लाको सुरक्षा अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए । 

मुख्यमन्त्री पोखरेलले सुरक्षा समन्वय बैठकमा सहभागी हुनुपूर्व नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरेका थिए । मुख्यमन्त्री नेपालीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गरेका थिए । मुख्यमन्त्री नेपालीका साथ बागलुङ आउनुभएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, लगायतका व्यक्तिलाई समेत गुठीका अध्यक्ष खड्काले स्वागत गरेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending