भक्तपुर । ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो ।
कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुर नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) ओमचरण श्रेष्ठ, चाँगुनारायण नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेल, उपप्रमुखमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरमा पुरानै नगर प्रमुखलाई दोहो¥याएको छ भने चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ ।
एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई तथा मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठलाई र उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी बीना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: