Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राजदूत खत्रीद्वारा अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

खबरडबली संवाददाता

वासिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले ग्रहण गरेको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिकरुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोहीबमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हाउसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

सो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति वाइडेनले खत्रीलाई डिसीको कूटनीतिक समुदायम स्वागत गर्नुका साथै आफ्नो सरकार दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मजबुत पार्न इच्छुक रहेको बताएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खत्रीले प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनताको तर्फबाट राष्ट्रपति जो वाइडेनको सफल कार्यकाल र सुस्वास्थ्यको कामना गरेको थियो । साथै नेपालको विकासको लागि निरन्तर सहयोग गर्दै आएकामा राजदूत खत्रीले अमेरिकी जनता र अमेरिका सरकारलाई आभार व्यक्त गरे ।

खत्रीले आगामी दिनमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत र विस्तारित हुनेमा आफ्नो विश्वास रहेको पनि सो पत्रमार्फत उल्लेख गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending