Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मस्यौदामाथि दबाबै दबाब : यस्तो छ नालीबेली

\"masyouda\"काठमाडौं । २५ जेठमा दलबीच भएको १६ बुँदे सहमतिलाई आधार मान्दै बनेको मस्यौदापछि छिट्टै संविधान बन्ने आशा जागेको थियो । संविधानसभाबाट प्रारम्भिक मस्यौदा बनेपछि जनताको रायसुझावपश्चात संवाद समिति र संविधानसभामा छलफल भई संविधानले अन्तिम रुप ग्रहण गर्ने पूर्व सन्ध्यामा फेरि दबाबैदबाब देखिन थालेका छन् । संविधानसभाबाट जसरी पनि संविधान बनाउनका लागि १६ बुँदेमा भएको ८ प्रदेशको संघीयता बनाउने र ६ महिनापछि सीमांकन र नामांकन गर्ने सहमतिबाट दलहरु पछाडि हटे । सुझावपश्चात ६ प्रदेश बनाउन र अहिले नै सीमासमेत टुंग्याएर संविधान ल्याउन दलहरु मोटामोटी सहमत भइसकेका छन् । तर, बाहिरबाट देखिने ठूला विवाद र दलको मतभेद मिल्दा पनि साना र नेताहरुले आफ्नो भोटको राजनीतिलाई आधार मान्दै अडान लिन थालेपछि साना विषयले पनि दबाब सिर्जना गर्न थालेको छ । शासकीय स्वरुपमा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा मत दिए पनि प्रमुख दलहरु संसदबाटै निर्वाचित कार्यकारीमा सहमति गर्दै अगाडि बढ्ने पक्षमा छन् । जनताले सझुाव दिए अनुसार उनीहरुले यो विषयमा प्रभावकारी बहस नै नगरी ‘चुप’ बसेका छन् । कोही नेता पूर्व त कोही पश्चिम, कोहीको दबाब धर्म त कोहीको तराईमा तीन प्रदेश बनाउनुपर्ने दबाब आएपछि फेरि पनि दलहरुले घोषणा गरेको साउन मसान्तभित्र संविधान नबन्ने अवस्था उत्पन्न हुन थालेको छ । ठूला र कहिल्यै मिल्न नसक्ने भनिएका विवाद सजिलै मिल्दै जाँदासमेत जनजाति, मधेसी, दलित, महिला, अपांगहरुले मस्यौदाका प्रावधानमा तीव्र असन्तुष्टी जनाएपछि केही मिलेकै छैन की भन्ने पनि देखिन थालेको छ । मस्यौदमा राष्ट्रपति डा. रामवरण यादवले सहमतिमा जाउ भन्दै दबाब सिर्जना गरिरहेका छन् । जसको अधिकारका लागि देशलाई पुनर्संरचना गर्नुपर्ने हो उनीहरु नै असन्तुष्टी रहने र संघीयतामा पनि जाने तर, यसकै पक्षापाती पनि जिल्ला टुक्राउन हुँदैन, अञ्चल टुक्राउन हुँदैन भन्ने जस्ता अडान राख्दै हस्ताक्षर गर्न थालेपछि साना विषयले पनि संविधानलाई अड्काउने हो की चिन्ता र चासोले संविधानसभा घेरिएको छ । विवाद मिलाउन विशेष समितिमा सहभागी कांग्रेस, एमाले, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेतृत्व बिहानैदेखि बेलुकासम्म सिंहदरबारमा वार्ता र संवाद गर्छन् दिउसो नेता निस्कँदा मिल्न लाग्यो भन्छन् तर, बेलुका उठ्दा सहमति नजिक पुगेको छ भन्दै टार्दै पुनः अर्को दिन छलफल गर्ने ‘रेडिमेड’ उत्तर दिन्छन् । यो क्रम निरन्तर चारपाँच दिनदेखी चल्दै आएको छ । ठूला सैद्धान्तिक मतभेद नहुँदा पनि आखिर किन र कसरी दबाबै दबाबले रोकिएको छ त संविधान निर्माणको प्रक्रिया ? कतिपय शीर्ष नेताको चासोपछि संविधान निर्माणमा यसरी दबाब दिइदैछ : पश्चिममा अखण्ड मान्ने र नमान्ने लफडा केही दिन अघिसम्म झापा, मोरङ, सुनसरी र कैलाली कञ्चनपुरमा मुख्य विवाद भनिंदै आइएको थियो । तर, बुधबारबाट दलहरु पूर्वका यी तीन जिल्लालाई पूर्वी पहाडी जिल्लामा हाल्दै प्रदेश बनाउन तयार भए । तर, विवाद पश्चिमलाई अखण्ड राख्ने की प्रदेश मिलाउन केही जिल्लालाई एक अर्को प्रदेशमा राख्ने भन्नेमा देखिएको छ । पश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादीका लेखराज भट्टजस्ता नेता एक ठाउँ उभिएपछि समस्या आएको हो । कांग्रेस र एमालेका पश्चिमका ३५ सभासद्ले कैलाली र कञ्चपुरलाई सुदरका पहाडी जिल्लासँगै जोड्नुपर्ने र तर छुट्टाउन नपाइने भन्दै प्रमुख दलका शीर्ष नेताई ज्ञापनपत्र नै बुझाएका छन् । उनीहरु सुदर पश्चिम टुक्रनै नहुने पक्षमा छन् । तर, कैलालीका थारु समुदाय अखण्ड नभई थरुहटको पक्षमा उभिएका छन् । अखण्ड सुदुरपश्चिम र थरुहटका लागि दुवै पक्षले आन्दोलन पनि घोषण गरिसकेका छन् । तीन प्रदेश नभए तराईमा विद्रोह फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार झापालाई पहाडी जिल्लासँग जोड्न तयार छन् तर, मोरङ, सुनसरी, सप्तरीसहित पहाडी जिल्लाको प्रदेशसहित तराईमा तीन प्रदेश हुनुपर्ने पक्षमा छन् । तर, पहिले नमिलेपनि अहिले एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका कृष्ण सिटौला झापा, मोरङ, सुनसरीलाई पहाडसँगै जोड्ने तर, त्यसपश्चिमका तराई जिल्लालाई नसमेट्न सहमत भएका हुन् । तर, थारु समुदायको बसोबास रहेको भन्दै यी जिल्लाको छुट्टै प्रदेशको पक्षमा गच्छदार छन् । तराईमा तीन प्रदेश नभए विद्रोह हुने चेतावनी यो गच्छदारले दिएको छन् । गच्छदार मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुरको एउटा प्रदेश, धनुषादेखि पर्सासम्म अर्को र नवलपरासीदेखि कैलालीसम्म अर्को गरी तीन प्रदेश बनाउनुपर्नेपक्षमा छन् । अखण्ड लुम्बिनीको पनि माग देउवा, रावलको अखण्डमा चासो देखिएपछि एमाले र कांग्रेससहितका लुम्बिनीका सभासद्हरुले लुम्बिनीको कुनै जिल्लालाई अरु प्रदेशमा मिसाउन नपाइने भन्दै शीर्ष नेतालाई ज्ञापनपत्र बुझाएका छन् । लुम्बिनीका कपिलवस्तु, नवलपरासी, रुपन्देहीलाई पहाडी जिल्लाहरु अर्घाखाँची, पाल्पा, गुल्मीसँगै राख्नुपर्ने माग उनीहरुको छ । यी जिल्लाका बासिन्दाबीच आपसी सम्बन्ध मिल्ने कारण देखाउँदै उनीहरुले यस्तो माग गरेका हुन् । एमाले सचिव गोकर्ण विष्टले यसको नेतृत्व गरेका छन् । हिन्दु राज्यको माग कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्कादेखि संविधानसभाकै चौथो ठूलो दल रापपा नेपालसम्म नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अडानमा छन् । सडक र सदनमा यी शक्तिको दबाब तीव्र छ । ८० प्रतिशतभन्दा बढी भएको मुलुकलाई हिन्दु राज्य भनिनुपर्नेभन्दै उनीहरुले धर्मनिरपेक्षता शब्द संविधानमा लेखिन नहुनेमा जोड दिएका छन् । कांग्रेस, एमाले, एमाओवादीबीच धर्मलाई कसरी राख्ने भन्ने अझै टुंगो लागेको छैन । सुझाव संकलनका क्रममा जनताले धार्मिक स्वतन्त्रताका पक्षमा बढी मत दिएका थिए । अन्य धार्मिक संघसंगठनले पनि यसमा सक्रियता देखाउँदै अभियान चलाएका छन् । दलितको आक्रोश मस्यौदामा अर्को असन्तुष्ट पक्ष भनेको दलित समुदाय हो । सधैं हेपिंदै र चेपिंदै विभेदमा परेको दलित समुदायले पनि संविधानको मस्यौदाले आफूलाई झन् विभेद गरेको आरोप लगाएको छ । उनीहरुले मस्यौदाका प्रावधानमा असनन्तुष्टी जनाउँदै केही दिन अघि सडकमै प्रदर्शन गरेका थिए । मधेश दल जो प्रकृयामै सहभागी छैन संविधानसभामा रहेका तराईका केही दलहरुको १६ बुँदे सहमतिदेखिकै असन्तुष्टी छ । संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले मस्यौदा तराई आन्दोलनको भावना विपरी भएको र समावेशितालाई सम्बोधन गर्न नसक्ने रहेको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरु सीमाकंन अहिले नै टुंग्याएर जानुपर्ने पक्षमा छन् । संविधान घोषणा अघि सांकेतिक विरोध गर्दै गरेका उनीहरु पछि कडा विरोधमा उत्रने तयारीमा छन् । यी दललाई कांग्रेसका असन्तुष्ट अमरेशकुमार सिंहको समेत साथ छ । अमरेश केही दिन अघि १६ बुँदे सहमतिको विरोध गर्दै सच्चाउन पहलको माग गर्दै अन्य मधेसी नेतासँगै भारतीय दुतावास चहार्ने नेता हुन् । धर्म निरपेक्षता हटाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्ने कमल थापाको दबाब पनि उत्तिकै छ । अपागंको पनि असन्तुष्टी ३० लाखभन्दा बढी अपांग भएको दाबी गर्ने अपांगहरु पनि मस्यौदाले अपांगको हित र भावनालाई प्रतिनिधित्व गर्ने विषय नभएको भन्दै असन्तुष्ट छन् । आफूहरुको अधिकारलाई सम्मान नगरिएको कुनै प्रष्ट व्यव्यथा नगरिएको भन्दै उनीहरुले बिहीबार एमाओवादीसहतिका शीर्ष नेतृत्वलाई भेटी माग सम्बोधनका लागि आग्रह गरेका थिए । राष्ट्रपतिको आफ्नै दाउ पटकपटक विवादको भुमरीमा तानिंदै आएका राष्ट्रपति डा. रामवरण यादवको दबाब पनि दलहरुलाई उत्तिकै छ । असन्तुष्ट दलहरुको पनि भावनालाई सम्मान गर, अदालतको सम्मान गर, सीमांकन टुंग्याएर मात्र संविधान जारी गर हतारमा नगर भनेर यादवले दलमाथि दबाब सिर्जना गरिरहेका छन् । राष्ट्रपतिले संवैधानिक मर्यादा बाहिर गएर ‘यो गर, उ गर । यो नगर’ भन्ने निर्देशन दिएको भन्दै एमाले अध्यक्ष केपी ओली तीव्र असन्तुष्ट बनेका छन् । एमाओवादी र कतिपय अवस्थामा कांग्रेसकै नेतासमेत राष्ट्रपति ‘अनावश्यक’ भूमिका बढाउन उद्यत भएको साझा बुझाईपछि केही दिन अघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई सम्झाउने जिम्मा चार दलको बैठकमा पाएका थिए । असन्तुष्ट दल, अदालत र सीमाको विषयलाई देखाएर राष्ट्रपति पद बढाउन चाहन्छन् भन्ने बुझाई एमालेसहितका दलको छ । नागरिकतामा महिला असन्तुष्ट आमा वा बाबुको नामबाट नागारिकता पाउनुपर्ने माग महिलाहरुको छ । ‘र’ को सट्ट ‘वा’ राख्नुपर्नेमा उनीहरुको जोड छ । विदेशबाट विवाह गरेर ल्याएकी बुहारीलाई तत्काल नागरिकता दिने र ज्वाईंलाई १५ वर्ष पुग्नुपर्ने भन्ने प्रावधानमा पनि कुरा मिलेको छैन । र, यी पनि संविधानसभामा रहेका बाहेक मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दबाब पनि उत्तिकै छ । प्रक्रियामा सामेल नभएका उनीहरु अहिलेको स्वरुपको संविधानसभाले जनतालाई न्याय नगर्ने र विभेदको अन्त्य गर्ने संविधान दिन नसक्ने भन्दै तीव्र असन्तुष्ट छन् । तर, जसरी पनि संविधान बनाउने धुनमा रहेका प्रमुख दलका नेताहरुले अहिले यी दुवैसँग संविधानका लागि छलफल गरेको देखिएको छैन । उनीहरुको माग के हुन् र भोलि उनीहरुले पार्न सक्ने अप्ठ्यारोको विषयमा प्रमुख दलहरुहरु बेखबर जस्तै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending