Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भूकम्पले मुहान सुकेपछि हलेसीमा खानेपानीको हाहाकार

\"Khotang\"खोटाङ । भूकम्पले मुहान सुकेपछि खोटाङको प्रसिद्ध तीर्थस्थल हलेसीमा खानेपानीको हाहाकार भएको छ । वैशाख १२ गतेको भूकम्पका कारण हलेसीको बसाहाथानदेखि उत्तरपट्टि रहेको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । भूकम्प गएलगत्तै केही दिनपछि विस्तारै धारामा आउने पानी सुक्दै गएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताए । ‘त्यही स्थानमा उम्रिएको पानी झर्ने पाँचवटा धारामा भूकम्प गएको केही दिनसम्म अटिनअटि पानी आयो ।’ राईले भने, ‘भूकम्पले मूलै फुटेको त्यस स्थानमा विस्तारै पानी सुक्दै गएर अहिले त धाराबाट थोपै झर्न छाडेको छ ।’ पानीको मुहान सुकेपछि हलेसी क्षेत्रमा बसोबास गर्ने ३०० घरपरिवार डेढ घन्टा टाढाबाट खोलाको पानी ल्याएर पिउन बाध्य भएको गाविस सचिव गणेश कार्कीले बताए । उनले भने, ‘स्थानीयवासीले त गाग्रोमा बोकेर ल्याएको पानी भएपनि उपभोग गर्छन् तर दर्शन गर्न आउने दर्शनार्थीलाई ठूलो समस्या भएको छ ।’ हलेसी जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्छ । यसका लागि विभिन्न निकायमा पहल गरिए पनि हालसम्म कुनै उपलब्धि हुन नसकेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए । ‘जिल्लाकै प्रसिद्ध धार्मिकस्थल हलेसीमा पहिलादेखि नै खानेपानीको समस्या थियो,’ राईले भने, ‘अहिले त भएको मुहानसमेत सुकेपछि ठूलो समस्या भएको छ, यसप्रति राज्यको आँखा पुग्न जरुरी छ ।’ हलेसीमा पानीको मुहान सुकेको जानकारी आएपछि अध्ययनका लागि प्राविधिक टोली खटाएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताए । उनले भने, ‘त्यस क्षेत्रमा परेको समस्या समाधान गर्न कार्यालयबाट सम्भव छैन, प्राविधिक टोलीको रिपोर्टको आधारमा विभागसमक्ष माग गरिनेछ ।’ किरात, हिन्दू र बुद्ध धर्मको सङ्गमस्थल मानिने हलेसीमा अहिले बोलबम मेला लागिरहेको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending