Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

भूकम्पले मुहान सुकेपछि हलेसीमा खानेपानीको हाहाकार

\"Khotang\"खोटाङ । भूकम्पले मुहान सुकेपछि खोटाङको प्रसिद्ध तीर्थस्थल हलेसीमा खानेपानीको हाहाकार भएको छ । वैशाख १२ गतेको भूकम्पका कारण हलेसीको बसाहाथानदेखि उत्तरपट्टि रहेको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । भूकम्प गएलगत्तै केही दिनपछि विस्तारै धारामा आउने पानी सुक्दै गएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताए । ‘त्यही स्थानमा उम्रिएको पानी झर्ने पाँचवटा धारामा भूकम्प गएको केही दिनसम्म अटिनअटि पानी आयो ।’ राईले भने, ‘भूकम्पले मूलै फुटेको त्यस स्थानमा विस्तारै पानी सुक्दै गएर अहिले त धाराबाट थोपै झर्न छाडेको छ ।’ पानीको मुहान सुकेपछि हलेसी क्षेत्रमा बसोबास गर्ने ३०० घरपरिवार डेढ घन्टा टाढाबाट खोलाको पानी ल्याएर पिउन बाध्य भएको गाविस सचिव गणेश कार्कीले बताए । उनले भने, ‘स्थानीयवासीले त गाग्रोमा बोकेर ल्याएको पानी भएपनि उपभोग गर्छन् तर दर्शन गर्न आउने दर्शनार्थीलाई ठूलो समस्या भएको छ ।’ हलेसी जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्छ । यसका लागि विभिन्न निकायमा पहल गरिए पनि हालसम्म कुनै उपलब्धि हुन नसकेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए । ‘जिल्लाकै प्रसिद्ध धार्मिकस्थल हलेसीमा पहिलादेखि नै खानेपानीको समस्या थियो,’ राईले भने, ‘अहिले त भएको मुहानसमेत सुकेपछि ठूलो समस्या भएको छ, यसप्रति राज्यको आँखा पुग्न जरुरी छ ।’ हलेसीमा पानीको मुहान सुकेको जानकारी आएपछि अध्ययनका लागि प्राविधिक टोली खटाएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताए । उनले भने, ‘त्यस क्षेत्रमा परेको समस्या समाधान गर्न कार्यालयबाट सम्भव छैन, प्राविधिक टोलीको रिपोर्टको आधारमा विभागसमक्ष माग गरिनेछ ।’ किरात, हिन्दू र बुद्ध धर्मको सङ्गमस्थल मानिने हलेसीमा अहिले बोलबम मेला लागिरहेको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending