Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

इजरायलमा ‘केयरगिभर’का रुपमा नेपाली कामदार पठाइने

\"migrantकाठमाडौँ । नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा आज हस्ताक्षर भएको छ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सो कार्यक्रमानुसार ३०० नेपाली कामदार इजरायलमा केयरगिभरका रुपमा छनोट हुने अपेक्षा लिइएको छ । कम्तीमा मासिक एक लाखको हाराहारीमा कामदारले तलब पाउने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुकमा पर्छ । इजरायलमा विशेषतः त्यहाँका बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिन्छ । केही दिनमै इजरायल जानका लागि आवेदन दिन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरिने र त्यसमा आवेदन दिनेमध्येबाट परीक्षाका माध्यमबाट उत्तीर्ण उम्मेदवारलाई कामदारका रुपमा छानिने सम्झौतामा उल्लेख छ । महिलालाई प्राथमिकता इजरायल जान स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रुकम गरी करिब रु १० हजार तथा हवाइजहाजको भाडाबापतको रकममात्रै तिर्नुपर्ने हुन्छ । कामदारले प्रवेशाज्ञाबापत र सेवा शुल्कबापत भने रकम तिर्नु पर्दैन । कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अङ्ग्रेजी राम्रो भएका महिला र पुरुष दुवैले इजरायलमा केयरगिभरका लागि आवेदन दिन पाउने व्यवस्था छ । पुरुष पनि केयरगिभरका रुपमा लैजाने सम्झौतामा उल्लेख भए पनि महिलालाई बढी प्राथमिकता दिइने नीति लिइनेछ । रोजगारीका लागि केयरगिभरको तालिम लिएको वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउनेछन् । र्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सम्झौताले नेपाल र इजरायल दुवैले फाइदा लिन सक्ने बताउँदै यसले दुई देशबीचको सम्बन्धमा समेत थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । महानिर्देशक सुवेदीले लामो समयको प्रयासपछि इजरायलमा नेपालीको रोजगारीको बाटो खुलेको बताउँदै कार्यक्रमले निरन्तरता पाए ठूलो सङ्ख्यामा नेपालीले वैदेशिक रोजगारीका लागि सो मुलुकमा अवसर पाउने आशा व्यक्त गरे । राजदूत मेयरले सम्झौतापछि इजरायलले सक्षम नेपाली केयरगिभर पाउने र सोमार्फत दुवै देशका जनताका बीचमा समेत सुसम्बन्ध कायम गर्न सहयोग पुग्ने बताए । इजरायलले नेपाली कामदारलाई केयरगिभरका रुपमा लिने सहमति यसअघि भए पनि वैदेशिक रोजगार संस्थाले कामदारलाई ठगी गर्दै बढी रकम उठाएपछि केही वर्षअघिदेखि इजरायलले नेपाली कामदार लिन रोकेको थियो । इजरायलले नेपाली कामदार रोकेपछि संस्थामार्फत नभई दुवै देशका सरकारबीचको सहमतिअनुसार सरकारले नै कामदार पठाउने सम्झौतामा आज हस्ताक्षर भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending