Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जनकपुरधामद्वारा सरसफाइको जिम्मा वडा वडालाई

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिले नगर क्षेत्र सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र केन्द्रितरूपमा नगरको सरसफाइ हुँदै आएकामा अब नगरको मुख्य सडक उपमहानगरपालिका कार्यालयबाट र सहायक गल्लीहरू सम्बन्धित वडा कार्यालयबाट सरसफाइ गर्ने गरी वडा–वडालाई जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो । उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेकै दिन सरसफाइको जिम्मा वडा–वडामा विकेन्द्रिकृत गर्ने निर्णय गरेका छन् । त्यही निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले २५ वटै वडालाई सरसफाइका लागि आवश्यक बजेट, जनशक्ति र सवारीसाधन हस्तान्तरण गर्ने तयारी छ । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायका अनुसार चार टिपरलाई नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि प्रयोग गरिएको छ । “थप ६ ट्र्याक्टर खरिद प्रक्रियामा छ, त्यसलाई पनि फोहरमैला व्यवस्थापनमा प्रयोग गर्छौँ”, उनले भने । फोहर व्यवस्थापन गर्ने ठाउँ आभाव हुँदा विगतमा अस्तव्यस्त बनेको उपमहानगर क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको उपाध्यायले बताए । 

“फोहर सङ्कलन गरेर व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या छ”, उनले भने, “अस्थायीरूपमा तत्कालका लागि वडा नं २० मा जग्गा भाडामा लिएर फोहरमैला व्यवस्थापन गर्दै आएका छौँ । स्थायी समाधानका लागि पहल भइरहेको छ ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकामा दैनिक फोहर बढ्दै गएको छ । केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक सात मेट्रिक टनसम्म फोहर सङ्कलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म सङ्कलन हुने गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending