कास्की । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रममा खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको बताए ।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बीमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने खेलाडी यसबाट बञ्चित हुँदै आएका थिए । यसैगरी आगामी बजेटमा राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको मन्त्री बरालले बताए । सरकारले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार विकासका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशभित्रका खेलमैदान निर्माण, मर्मत तथा स्तरोन्नति र ‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माणलाई निरन्तरता दिँदै खेल पूर्वाधारका लागि सो बजेट छुट्याइएको हो । प्रदेश सरकारले सङ्घीय सरकारसँगको सहकार्यमा २०७५ सालदेखि नै हरेक पालिकामा स्थानीयस्तरको खेलग्राम निर्माणलाई अघि बढाएको हो ।
यसैगरी बजेटमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिइ पोखरा रङ्गशाला, विभिन्न कभर्डहल र पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी बजेट विनियोजन गरिएको छ । सरकरारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । गण्डकी प्रदेशमा गत जेठ अन्तिम साता प्रतियोगिता गर्न मिति तय गरिए पनि स्थानीय तह निर्वाचनका कारण रोकिएको छ । सरकारले यसै वर्ष राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: