Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

ढोरपाटन क्षेत्रमा पर्यटकसँगै राजस्वमा वृद्धि

खबरडबली संवाददाता

गलकोट । ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको छ । कुनै समय ढोरपाटनमा शिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो ।

सोझै हेलिकोप्टरमार्फत विदेशी शिकारी पर्यटकमात्रै ढोरपाटन शिकार आरक्ष पुग्ने भएपनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै बाह्यमात्रै नभएर आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा शिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

नाउर र झारलको वैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकले लाखौँ खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । बर्खा सुरु भएसँगै झण्डै आठ किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन उपत्यकामा सयौँ प्रकारका आकर्षक फूलहरू फुलेका छन् ।

हरियाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकलाई नलोभ्याउने कुरै छैन । अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रमा पुग्ने गरेका छन् । तर पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको अभाव भने ढोरपाटनलाई पर्दैन । 

ढोरपाट शिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षदेखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ । ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा गत आर्थिक वर्ष २०७७÷७८ आन्तरिक पर्यटकले समेत रु१०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । 

शिकार आरक्षका अनुसार आव २०७६÷७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षले गत आवदेखि स्वदेशी पर्यटकको समेत रेकर्ड राख्दै आएको छ । आव २०७२÷७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा २०७३÷७४ मा १३९, २०७४÷७५ मा ११९, २०७५÷७६ मा ४८० र २०७६÷७७ मा ३२० विदेशी पर्यटक आएकामा २०७७÷७८ मा विदेशी र स्वदेशी गरी छ हजार ७०३ पर्यटक आएको र पर्यटकको आगमन शुल्क वार्षिकरु छ लाखको हाराहारीमा हुने गरेकामा २०७७÷७८ बढेर रु २० लाख पुगेको छ । 

ढोरपाटन शिकार आरक्ष अवलोकनका लागि विदेशी र स्वदेशी सबैको रेकर्ड राख्न थालिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षक अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।“विसं २०४४ बाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशकयता आन्तरिक पर्यटक आउन थालेका हुन् । सडकको पहुँच पुग्नु, प्रचार–प्रसार हुनु र होटल सुविधा थपिँदा यहाँ बर्सेनि पर्यटक बढ्दै आएका हुन्”, कँडेलले भने, “पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा राजस्वमा समेत वृद्धि भएको छ । विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन् ।”

बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ वटा साना–ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन् ।शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकोप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष क्षेत्रमा आउने गरेका छन् । 

कोरोनापछि ढोरपाटन आउने पर्यटकमा वृद्धि भएको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताए  ।पौडेलले कोरोनाका कारण ठप्प बनेको ढोरपाटनको पर्यटन व्यवसाय विस्तारै फष्टाउन थालेको र क्रमशः आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको बताए । उनले भने, “ढोरपाटनमा अहिले पर्यटकको आगमन बढेसँगै २१ होटल तथा घरबास सञ्चालनमा छन्, सिजनको समयमा सबै होटल तथा घरबास भरिभराउ हुन्छन् ।”

पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि विस्तारै फस्टाउन थालेको छ । यहाँ उत्पादन भएको आलु, स्याउलगायत स्थानीय उत्पादनले उचित मूल्य पाउन थालेको छ । सिजनको समयमा ढोरपाटनमा दैनिक चार–पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । हिमपात र बर्खाका कारण सडक अवरुद्ध हुँदा पर्यटक भने शून्य हुन्छन् । बर्खा लागेपछि द्वालाखोला बढ्दा सवारीसाधन ढोरपाटन पुग्न मुस्किल हुन्छ । बुर्तिवाङबाट द्वालासम्म सडक स्तरोन्नति भएर सहज भएपनि देउरालीसम्म उकालो सडक बर्खाको भलले खोलेर सवारीसाधन फस्ने समस्याका कारण भारी वर्षापछिको दुई महिना सवारीसाधन ढोरपाटन पुग्न मुस्किल हुन्छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy