Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् ।  बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए  । 

“ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए÷नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत्लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर  कुनै पनि कार्यान्वयन भएको छैन”, उनले भने, “शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो रु”

उनले  शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताए  । उनले सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन माग गरे ।  

सांसद जीपछिरिङ लामाले समानुपातिक प्रणाली २० प्रतिशत मात्र राख्न माग गरे  । शून्य समयमा बोल्दै उहाँले समानुपातिक सांसदलाई बजेट पास गर्न कोरम पु¥याउने काम मात्र गरिएको भन्दै २० प्रतिशत समानुपातिक सांसद राख्न माग गरे । उनले सबै सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताए  । 

सांसद लामाले नागरिकता विधेयक सबै राजनीतिक दलको सहमतिमा सबै नागरिकले नागरिकता पाउने गरी ल्याउनुपर्ने माग गरे  । सांसद आशाकुमारी विकले कञ्चनपुरको १३ वर्षीया बालिका बलात्कृत भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे  । सांसद अमृता थापाले नेपालको भूराजनीतिक विषयमा संवेदनशील हुनुपर्ने सरकारको ध्यानाकर्षण गराए  ।  

सांसद इन्दुकुमारी शर्माले भारतमा नेपाली विद्यार्थीलाई विभेद गरिएको भन्दै समानता हुनुपर्नेमा सरकारको धयानाकर्षण गराइन् । सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद तुल्सीकुमारी थापाले सडक बालबालिकाको उचित स्याहारसुसारको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद कृष्णबहादुर राईले जोरपाटी–सुन्दरीजल र जोरपाटी–नारायणटार–थलीसम्मको सडक पनि अलपत्र परेकाले चाँडो बनाउन आग्रह गरे । सांसद केदार सिग्देलले असार १ गते तनँहु भानुमार्गमा पूर्णरुपमा क्षति भएकाले कल्भर्ट निर्माण गरी सञ्चालन र बन्दीपुरमा बाघको आक्रमण बढिरहेकाले समयमा नै नियन्त्रण गर्न माग गरे । 

सांसद खगराज अधिकारीले स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी)को पत्रबारे छानबिन गर्न माग गरे । सांसद खेमप्रसाद लोहनीले यही असार १ गते धादिङको नेत्रावती र गङ्गाजमुना गाउँपालिकमा बाढी पहिरोले ४४ घरपरिवारलाई विस्थापित भएकाले राहत उपलब्ध गराई सुरक्षित स्थानका बसोबासको व्यवस्था गरे । 

सांसद गजेन्द्रवहादुर महतले जुम्लाका गत वर्ष दुईवटा गाउँ आगलागी र दुईवटा वडा बाढीले बगाएको भन्दै अहिलेका उक्त ठाउँका किसानको न घरबार न जग्गा नै रहेकाले किसान पेन्सन कार्यक्रम ती किसानमा कहिले पुग्ने भन्ने प्रश्न गरे  ।  सांसदहरु गणेशकुमार पहाडी र घनश्याम खतिवडाले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमाप्रति आपत्ति जनाए  । सांसद गङ्गा चौधरीले दाङ देउखुरीको राप्ति नदीमा दैनिक मापदण्डविपरीत ढुङ्गा गिटी ओसारपसार भइरहेकाले तुरुन्तै रोक्न आग्रह गरिने । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending