Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह

खबरडबली संवाददाता
भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरुले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् ।
नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज आयोजित नागरिक समाजसँगको अन्तक्र्रियामा विज्ञहरुले दीर्घकालीन योजना एवं भूउपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।
 
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको विकासमा सरकारले दीर्घकालीन सोच नराख्दा राजधानी उपत्यकाका काठ क्षेत्र अहिले पनि विकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने औँल्याए । 
 
उनले  प्रदूषण फैलाउने इँटा उद्योगलाई तत्काल हटाउनुपर्ने, यहाँका प्राकृतिक बालुवा खानी, माटो खानी र जमिन मुनिको पानीको दोहनलाई तत्काल रोक्नुपर्ने, गैरकानुनी जग्गा प्लटिङ् रोकेर कृषियोग्य जमिनको संरक्षण गर्नुपर्ने, नगरपालिकाले दीर्घकालीन योजना र भूउपयोग रणनीति तत्काल ल्याउनुपर्ने बताए । 
 
संसद् सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अवैध बालुवा माटो बिक्री गरिएको भन्दै आपत्ति जनाए । उनले  विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएकाले सार्वजनिक यातायातका साधनको सहज पहुँच अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औँल्याए । 
 
नेपाल सरकारका सहसचिव धु्रव गैँडाले दिगो विकास र सुशासनमा केन्द्रित भएर नगरपालिका अगाडि जानुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकारद्वय विकास थापा र सुन्दर खनालले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनुपर्ने, सबै सूचना वेबसाइटमा अपडेट हुनुपर्ने तथा जनताको आवश्यकताका आधारमा योजना बनाउनुपर्ने बताए ।
 
विज्ञहरु नेत्रप्रसाद न्यौपाने, पुरण फुँयाललगायतले सामुदायिक विद्यालयको शिक्षा अझै पनि ४० वर्ष अगाडिकै पद्दतिमा चलिरहेको भन्दै नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ समय र प्रविधिअनुरुप शिक्षालाई ढाल्दै लैजानुपर्ने आवश्यकता औँल्याए  । 
 
गीतकार तथा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनकर्मी, स्वास्थ्य विज्ञ, प्राविधिक, कानुन, जलविद्युत् क्षेत्रका विज्ञहरुले नगरपालिकाको भ्रष्टाचार रोक्नुपर्ने, विरोध गर्नेको आवाज सुन्नुपर्ने, विकासलाई आजका लागि नभइ ५० वर्ष पछाडिसम्म सोचेर योजना बनाउनुपर्नेलगायतका सुझाव दिए ।
 
कार्यक्रममा नगर प्रमुख खत्रीले ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्य रहेको यस नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले कार्यक्रमबाट आएका सुझावलाई आत्मासात गर्ने जनाउँदै विभेदरहित ढङ्गले नगरको विकासमा आफ्नो कार्यकाल खर्चिने र नगरवासीको आवश्यकतालाई पहिचान गरी विकासका आयोजनालाई अगाडि बढाउने बताए ।
 
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९÷८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उद्देश्यले विभिन्न कोणबाट छलफल र सुझाव सङ्कलन भइरहेको बताउ । 
 
त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागार्इंले नगरपालिकाले विगतमा थालनी गरेका कामलाई निरन्तरता दिइने र अधूरा काम पुरा गरिने जानकारी गराए । उनले आगामी आवका लागि नगरपालिकाले आन्तारिकतर्फ करिब रु ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy