Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एक लाख भुटानी शरणार्थी तेस्रो मुलुक

\"bhutani\"काठमाडौं । गत आठ वर्षको अवधिमा नेपालबाट झन्डै एक लाख भुटानी शरणार्थी तेस्रो मुलुक गएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ तेस्रो देशमा पुनर्वास कार्यक्रमअन्तर्गत सन् २००७ सेप्टेम्बरदेखि हालसम्म ९८ हजार ३६ जना भुटानी शरणार्थी विभिन्न आठ मुलुकतर्फ गएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले जनाएको छ । यूएनएचसीआरले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्रअनुसार तेस्रो देशमा पुनर्वास गरिएकामध्ये ४८ हजार ६ सय ४३ जना महिला छन् भने ४९ हजार तीन सय ९३ जना पुरुष छन् । परराष्ट्रका अनुसार हालसम्म सबैभन्दा धेरै ८३ हजार ५३ जना भुटानी शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका गएका छन् । त्यसैगरी ६ हजार ३५ जना क्यानडा, पाँच हजार पाँच सय १२ जना अष्ट्रेलिया, पाँच सय ६६ जना नर्वे, नौ सय ९० जना न्युजिल्यान्ड, तीन सय २७ जना निदरल्यान्ड्स, तीन सय ५८ जना बेलायत र आठ सय ७४ जना डेनमार्क गएका छन् । मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलका अनुसार २० हजार ५१ जना भुटानी शरणार्थी अब नेपालमा बाँकी छन् । जसमध्ये झापाको बेलडाँगी शिविरमा १६ हजार ४५ र मोरङको शनिश्चरेमा तीन हजार नौ सय ७३ जना छन् । त्यस्तै शिविरबाहिर ३३ जना शरणार्थी रहेको मन्त्रालयले जनाएको छ । यूएनएचसीआर र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा विभिन्न आठ देशले सन् २००७ देखि नेपालमा शरण लिइरहेका भुटानीलाई आफ्नो मुलुक लैजान थालेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending