Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जनशक्ति अभावले सेवाप्रवाहमा समस्या

सेवाग्राहीको कामलाई पर्सा प्रशासनद्वारा समय थप

खबरडबली संवाददाता

वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको  वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा कठीनाई हुँदै आएको छ  । कार्यालयमा हाल ११ जना कर्मचारी हँुदा सेवाप्रवाहमा कठीनाई हँुदै आएको  कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले जानकारी दिए ।

उक्त कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तर्गत चितवन तथा  मकवानपुर र मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौटहट, महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही पर्दछ । उक्त कार्यालयको काम  आयात निर्यातका लागि अनुमति प्रदान, व्यावसायिक प्रयोजनका  फर्म दर्ता, नवीकरण,  बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ता जागरणलगायतका छन् । यद्यपि कार्य क्षेत्र ठूलो छ कर्मचारी निकै कम हुँदा सबै जिल्लामा पुगेर काम गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी दिलीप खड्काले जानकारी दिए ।  

कर्मचारीको अभावमा सबै जिल्लामा पुगेर अनुगमन गर्न सकिएको छैन् । थोरै जनशक्ति छ काम धैरे छन् ।  निमित्त कार्यालय प्रमुख यादवले भने, “ कार्यालयमा सेवाग्राहीको चाप छ । अनि कुन समयमा पुगेर १० जिल्लामा अनुगमन गर्न सकिन्छ,जनशक्ति अभावमा काम गर्न  कठीनाई छ ।” 

हाल कार्यालयमा  शाखा अधिकृत एक, नायब सुब्बा दुई , खरिदार एक , कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी दुई र एक सरसफाइकर्मी छन् । सो कार्यालयमा एक उपसचिवको दरबन्दी भए पनि वर्षौदेखि उपसचिव बस्ने गरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज, नेपालगन्ज,  धनगढी,  र भैरहवामा  मातहातका कार्यालय रहेका छन् । 

सेवाग्राहीको कामलाई पर्सा प्रशासनद्वारा समय थप

सेवाग्राहीको चापलाई मध्यननजर गदै जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय समय थप गरेको जनाएको छ । पासपोर्ट (राहदानी) र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि जिल्ला प्रशासन कार्यालय पर्साले समय थप गरेको हो । ती दुवै सेवाका लागि सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजेसम्म कार्यालय सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending