Khabar Dabali १४ असार २०७९ मंगलवार | 28th June, 2022 Tue

काठमाडौँ महानगरपालिकाले २५ अर्बभन्दा बढीको बजेट ल्याउने

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको  चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट बिनियोजन गरिएको थियो । 

आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दाबढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने  पनि उनकाे भनाइ थियो ।  चालु आवमा जस्तै  भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ । 

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो ।  चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा  रु ५५ करोड, सामाजिक विकासमा  रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।  आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ ।  

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम(पूर्व) मा वर्सेनि धान खेती घट्दै

रुकुम(पूर्व) । रुकुम(पूर्व) मा धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ । एकीकृत कृषि तथा पशुपक्षी विका...

अस्पतालका कर्मचारी मृत फेला

बनियानी । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।  अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बि...

सूर्यविनायकको रिसोर्टबाट युवती बलात्कारको अभियोगमा एक युवक पक्राउ

भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टम...

कलाकार समाजको दर्पण होः मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताएका छन्  । केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्...

सभामुख सापकोटा अजरवैजान प्रस्थान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी ह...

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

खार्तुम ।  सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ ।  केही समयअघि इथियोपियामा ...

खाडीमा भन्दा तरकारी बारीमै राम्रो कमाइ

गलेश्वर ।  जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका  हरिलाल घिमिरेको...

अकबरे खुर्सानीबाट ६ करोडभन्दा बढी आम्दानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यह...

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

काबुल । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो ।  चिनियाँ अ...

पूर्वी नाकाबाट ४६ करोडको फलफूल आयात

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page