महोेत्तरी । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न थालेपछि महोत्तरीका सम्बद्ध कार्यालयमा भीड बढेको छ । जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्याललय र तीनवटा इलाका प्रशासन कार्यालयमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउने सेवाग्राहीको चाप निकै बढेको हो । कार्यालयको धेरैजसो जनशक्ति अहिले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा लगाउनु परेको सम्बद्ध कार्यालयले जनाएका छन् । “अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि फोटो खिच्न आउने सेवाग्राही निकै बढेका छन््”, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने भने, “यस कार्यका लागि छुट्याइएको जनशक्ति अपूग हुँदोछ ।” जिल्ला प्रशासन कार्यालय र आफ्ना मातहतका इलाका प्रशासन कार्यालयहरुमा अहिले सबैभन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिच्न आउने सेवाग्राही रहने गरेका उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र तीन ठाउँ अवस्थित इलाका प्रशासन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्दैछन् । जिल्लाको सुदूर उत्तरवर्ती बर्दिवासस्थित इलाका प्रशासन कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गर्न आउने सेवाग्राहीको काम सक्न भ्याइनभ्याइ पर्ने गरेको जनाएको छ । “दिनदिनै कार्यालय खुल्नुअगावै फोटो खिच्न आउनेको लाम लाग्छ, मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको भीडले अन्य काम प्रयोजनले आउने सेवाग्राहीको काम समयमा सक्न धौधौ पर्छ”, बर्दिवास इलाका प्रशासन कार्यालयका प्रमुख सन्देश अधिकारीले बताए, “अब यो कामका लागि अतिरिक्त जनशक्ति थप्नुपर्ने देखिन्छ ।” जिल्लाको गौशाला र रामगोपालपुरस्थित इलाका प्रशासन कार्यालयमा पनि फोटो खिचाउन आउने निकै बढेका छन् ।
निर्वाचन आयोगले यही असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य थालेपछि यो कामसम्बद्ध कार्यालयमा सेवाग्राहीको चाप बढेको हो । भर्खरै स्थानीयतहकोे निर्वाचन सम्पन्न भएको हुँदा त्यसमा मतदान गर्न नपाएकाहरु नाम दर्ता गराउन आउने गरेका छन् । अब लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने हुँदा राजनीतिक दल र सामाजिक अगुवाले नाम दर्ता गराउन सर्वसाधारणलाई उत्प्रेरित गरेकाले अहिले यस कामको चाप बढेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोले बताए । जिल्लाका पाँच ठाउँमा जारी अद्यावधिक कार्यमा फोटो खिचाउनेको सङ्ख्या असार पाँच दिन यता दिनहुँ १०० नाघेका छन् ।
आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक तयारीस्वरुप मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । सरकारले निर्वाचन मिति घोषणा नगरेसम्म यो कार्य जारी रहने आयोगले जनाएको छ । त्यो मिति घोषणा नगरिञ्जेल नामावली अद्यावधिक जारी रहने उनको भनाइ छ । अहिले मुलुकका सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । यस क्रममा नाम, थर, वतन फरक उल्लेख भएकाले सो सच्याउन र नाम छुटेकाले आवश्यक कागजात देखाएर नाम समावेश गर्न पाउने व्यवस्था रहेको छ । जहाँको स्थायी बसोबासी भए पनि मुलुकभरिका जुनसुकै ठाउँका आयोगसम्बद्ध कार्यालयमा नाम दर्ता गराउन पाइने व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: