Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पौडेल

खबरडबली संवाददाता
रुपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन् ।  
 
विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उनले   शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउँदै लगेको सन्दर्भमा त्यसको उपलब्धि विश्वविद्यालयमार्फत प्रतिविम्बित हुन आवश्यक रहेकामा जोड दिए  । 
 
लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा उहाँले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए  । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी स्वदेश तथा विदेशको प्रतिस्पर्धात्मक श्रम बजारमा सहजै खपत हुनसक्ने जनाउँदै मन्त्री पौडेलले ै नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी आर्थिकरूपमा आत्मनिर्भर बन्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुयाउन सक्षम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको उल्लेख गरे  ।  
 
“त्यसका लागि शैक्षिक गुणस्तरीयतामा विश्वविद्यालयले सम्झौता गर्नुहुँदैन, विकृति, विसङ्गति, अन्याय, अत्याचाररहित समाज निर्माणका लागि नैतिक शिक्षा अपरिहार्य छ”, उनले भने । बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र यसका लागि विद्यालय, महाविद्यालयमा बौद्ध शिक्षा अध्यापन गराउन आवश्यक रहेको उनले बताए । 
 
“मुलुकमा अनेकौँ पुरातात्विक क्षेत्र रहेकाले तिनको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य छ, कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै उत्खनन बाँकी नै छ, यी उत्खनन लुम्बिनी बौद्ध विश्वविद्यालयको जनशक्ति प्रयोग हुनुपर्छ”, उनले भने ।
पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मुलुकमा अभाव रहेकाले लुम्बिनीसहित बौद्ध साइटमा बौद्ध विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्नेमा मन्त्री पौडेलले जोड दिए  । “बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययन–अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक अन्तक्र्रियाको केन्द्र बनाउने ध्येयलाई भुल्नु हुँदैन”, उनले भने
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending