Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वृद्धाश्रमलाई आवश्यक भाँडाकुँडा वितरण

खबरडबली संवाददाता

काठमाडौँ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पकाउन आवश्यक ‘भाँडाकुँडाका सेट’ प्रदान गरेको छ ।

चनपा–५ डाउराडिपोमा प्रधान कार्यालय रहेको सो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । संस्थाका अध्यक्ष रामनारायण घिमिरे, सचिव राम तामाङ, प्रबन्धक प्रवीण सिलवाल र प्रहरी निरीक्षक शुभद्रा वाइबाले सो सामग्री वितरण गरे  । साथै संस्थाले वार्षिकोत्सवका अवसरमा शनिबार पाँचौँ रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । काठमाडौ उपत्यकाभित्र रगतको अभाव हुन नदिन आयोजित सो रक्तदानमा ६६ जनाले रक्तदान गरेका थिए ।

सो अवसरमा अध्यक्ष घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सेवाका काम गरिरहेको जानकारी दिए  । संस्थाले कोभिड–१९ को महामारीका समयमा पनि मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको थियो ।

विसं २०६६ असार ६ गतेदेखि निरन्तर सेवा गर्दै आइरहेको सो संस्थामा हाल कूल सदस्य तीन हजार ५००  र  कूल सम्पत्ति रु एक अर्ब ३५ करोड नाघेको अध्यक्ष घिमिरेले बताए  । सहकारी ऐन, नियमसहित संस्थाको स्वीकृत विनियमअनुसार आव २०७८÷७९ मा रु पाँच करोड शेयर पूँजी बनाउने लक्ष्य लिएको छ ।

नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, देशदर्शन कल, गोल्डन, बोनस बचतजस्ता निक्षेप योजना छन् । यसैगरी देवदर्शन पुलेसो, आवधिक, छाटो, व्यापारिक, हायर पर्चेज, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघुलगायत कर्जा योजना छन् । संस्थाले  सदस्य हितकोषअन्तर्गत आफ्ना सदस्यलाई सुत्केरी भत्ता, काजकिरीया खर्च र प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई रु पाँच हजार वितरण गर्दै आएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies