Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

खबरडबली संवाददाता

दार्चुला । जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।

पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेका हुन्  । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।

पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको छैन । नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियर बताए । “पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उनले भने, “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।”

दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उनले बताए  । पानीको तापक्रम ६४.६ डिग्री देखिएको उनले जानकारी दिए  । ग्यासको मात्रा सिओ–२ मात्रै छ । उनका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ । “यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो”, उनले भने । 

नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताउ । उनले थपे, “हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३÷४ महिना लाग्छ ।” 

पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्माले बताए । “मैले भूकम्प मापन केन्द्र सुर्खेतमा बसेर काम गरेको हुँदा यो क्षेत्रमा साना भूकम्प धेरै जाने गरेको थाहा छ”, उनले भने ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending