चरिकोट । दोलखाको नौ स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु पाँच अर्ब ६९ करोड ९६ लाखको बजेट पेश गरेका छन् । दुई नगरपालिका र सात गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु तथा पुँजीगततर्फ उक्त रकम विनियोजन गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले बजेट पेश गरे पनि विगु र शैलुङ गाउँपालिकाको बजेट अनुमोदन हुन बाँकी छ । जिल्लामा सबैभन्दा ठूलो बजेट भीमेश्वर नगरपालिकाले रु ९० करोड ७० हजारको प्रस्तुत गरेको छ भने सबैभन्दा कम वैतेश्वर गाउँपालिकाले रु ५५ करोड चार लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।
सबै स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । सडक निर्माण, भवन निर्माण, सिँचाइ स्वास्थ्यचौकी निर्माण, सामुदायिक भवन निर्माणजस्ता योजनालाई प्राथमिकतामा राखि योजना छनोट गरेको पाइएको छ । आगामी वर्षका लागि भीमेश्वर नगरपालिकाले रु९० करोड ७० हजार, जिरी नगरपालिकाले रु ५६ करोड ६९ लाख ७८ हजार, कालिन्चोक गाउँपालिकाले रु ७२ करोड १९ लाख ८० हजार, गौरिशङ्कर गाउँपालिकाले रु ५६ करोड ९८ लाख ३५ हजार, बैतेश्वर गाउँपालिकाले रु ५५ करोड ४ लाख ३० हजार, मेलुङ गाउँपालिकाले रु ५७ करोड ६६ लाख २४ हजार, शैलुङ गाउँपालिकाले रु ६० करोड दुई लाख १० हजार, रु तामाकोशी गाउँपालिकाले रु ६५ करोड ५ लाख ६४ हजार र विगु गाउँपालिकाले रु ५५ करोड ४२ लाख ७० हजारको को बजेट प्रस्तुत गरेका हुन् ।
भौतिक पूर्वाधारतर्फ भीमेश्वरले ३४ करोड ३१ लाख २३ हजार अर्थात कूल बजेटको ३८दशमलव१२ प्रतिशत विनियोजन गरेको छ । यसैगरी कालिञ्चोकले प्रस्तुत गरेको बजेटमध्ये ६० प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाएको छ । रु ५६ करोड ९८ लाख ३५ हजारबराबरको बजेट सार्वजनिक गरेको गौरिशङ्करले पालिका र वडाको पूर्वाधार विकासतर्फ मात्रै कूल रु १० करोड ९१ लाख बजेट प्रस्ताव गरेको छ ।
रु ५५ करोड ४ लाख ३० हजारको बजेट पेश गरेको बैतेश्वरले पालिकास्तरीय सडक कालोपत्र गर्नेसम्मको योजना अघि सारेको छ । गतवर्ष देखिनै पालिकाभित्रका मुख्य सडक कालोपत्र सुरु गरेको वैतेश्वरले पूर्वाधार विकासमा सबैभन्दा बढी रु १० करोड ६० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव छ । मेलुङले भौतिक पूर्वाधार निर्माणका लागि रु २३ करोड ३३ लाख छुट्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: